‘मिस्टर भर्जिन’मा छुल्ठिमको आइटम, सकियो छायाँकन

‘मिस्टर भर्जिन’मा छुल्ठिमको आइटम, सकियो छायाँकन

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – केहि साता अगाडी राजधानीमा घोषणा गरिएको सिनेमा ‘मिस्टर भर्जिन’को छायाँकन समाप्त भएको छ । गौरव पहारी, छुल्ठिम गुरुङ र कमलमणि नेपाल फिचर्ड आइटम गीतको छायाँकनसँगै क्यामराको काम सकिएको निर्माण युनिटले जानकारी दियो ।

तिन युवाहरुको यौनमनोविज्ञानको कथामा निर्माण भएको सिनेमालाई विशारद बस्नेतले निर्देशन गरेका छन् । गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतले अभिनय गरेको सिनेमा १ करोडको बजेटमा निर्माण भएको टिमले बतायो ।

लेखन र मुख्य सहायक निर्देशन महेश दवाडी रहेको सिनेमामा सुरज पण्डित, श्रीकृष्ण वम मल्ल, बुलेट, आधासुर, आरजे, मिस्टर प्रिन्सको संयुक्त संगीत, रामेश्वर कार्कीको छायाँकन, विक्रम स्वार/दीपकमान सिंहको कोरियोग्राफी, दीपक ओलीको क्रियटिभ निर्देशन रहेको छ ।

वर्ल्ड वाइड फिल्म डिस्ट्रिब्युसनको व्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा खिलेन्द्र तिमिल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र विशारद बस्नेत रहेका छन् । भने, सहनिर्माताको रुपमा सन्दीप उप्रेती र मनिष खत्री छन् ।