बाहिरिए ‘मिस्टर झोले’का सुटिङ तस्विर (फोटोफिचर)

बाहिरिए ‘मिस्टर झोले’का सुटिङ तस्विर (फोटोफिचर)

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – पुष २८ गते रिलिज हुने सिनेमा ‘मिस्टर झोले’का छायाँकनताकाका केहि तस्विरहरु सार्वजनिक भएका छन् । जहाँ फ्रेम बाहिर कलाकारले गरेका गितिविधि पनि नियाल्न सकिन्छ ।

रामबाबु गुरुङ निर्देशित सिनेमामा दयाहाङ राई, वर्षा राउत, दीया पुन, बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको मुख्य भूमिका छ । रामबाबुकै कथा लेखन रहेको सिनेमामा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा/सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।

सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाको निर्मातामा टेकेन खड्का र कार्यकारी निर्मातामा रौनकविक्रम कँडेल छन् ।