सफलताको दोस्रो सातामा ‘मिस्टर झोले’

सफलताको दोस्रो सातामा ‘मिस्टर झोले’

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘मिस्टर झोले’ले सफलताको दोस्रो साता तय गरेको छ । पहिलो साता साढे २ करोड माथी व्यापार गर्न सफल सिनेमाले दोस्रो सातामा पनि उत्साहजनक हल र शोज पाएको छ ।

सिनेमाको दोस्रो साताको व्यापार नाफामा रहनेछ । रामबाबु गुरुङ निर्देशित ‘मिस्टर झोले’को कमेडी पाटो र कलाकारको अभिनय रुचाईएको छ । सिनेमामा दयाहाङ राई, दीया पुन, वर्षा राउत, बुद्दी तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको अभिनय रहेको छ ।

रामबाबुकै कथा लेखन रहेको सिनेमामा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा/सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।

सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाको निर्मातामा टेकेन खड्का र कार्यकारी निर्मातामा रौनक विक्रम कडेल छन् ।

सिनेमाले दोस्रो सातामा  फ्रेस नेपाली सिनेमा ‘पिंजडा ब्याक अगेन’सँग सिंगलमा र मल्टीप्लेक्समा ‘लालपुर्जा’सँग चुनौती सामना गर्नु पर्नेछ ।