कंगना ‘मेन्टल हे क्या’ ? द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडमा अभिनय क्षमता मार्फत आफुलाई प्रमाणित गरिसकेका कलाकार हुन् कंगना रनाउत र राजकुमार राव । यी दुईलाई पछिल्लो समय अभिनयको किरा पनि भन्न थालिएको छ । २०१३ मा रिलिज भएको ‘क्विन’मा यी अभिनयका राजारानीलाई सँगै देख्न पाईएको थियो । सिनेमा बक्सअफिसमा सुपरहिट भयो । अब पुन: यो सुपरहिट जोडीलाई नयाँ सिनेमामा देख्न पाइने भएको छ । एकता कपूरले निर्माण गर्ने सिनेमा पहिलेदेखि नै चर्चामा थियो । मंगलबार सिनेमाको नामसहितको नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले यसको अफिसियल घोषणा गरेको छ । प्रकाश कोवेलामुडीले निर्देशन गर्ने सिनेमाको नाम ‘मेन्टल हे क्या’ जुराईएको छ । The biggest crime is to be sane…and boring! Presenting #MentalHaiKyaLook2 of #KanganaRanaut. @rajkummar_rao @ektaravikapoor @prakashkovelamudi @ruchikaakapoor #ShaileshRSingh @balajimotionpictures @karmafeatures #KanikaDhillon #poster #look2 #kangana #hot #Bollywood #Actress #MentalHaiKya A post shared by Kangana Ranaut (@team_kangana_ranaut) on Mar 5, 2018 at 7:51pm PST मंगलबार कंगना र राजकुमारले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट आ-आफ्नो पोस्टर सार्वजनिक गरेका छन् । जहाँ दुवै कलाकारलाई भिन्न अवतारमा प्रस्तुत गरिएको छ । कंगना ‘डेड बडी मार्क’ भित्र उत्तानो परेर सुतेकी छन् । सिल्भर ‘मोनिकिनी’मा सेक्सी देखिएकी कंगना ‘डेड बडी मार्क’मा सुत्दा खुसि देखिन्छिन । त्यस्तै राजकुमारको अनुहार सेतो ‘टेप’ले बेरिएको छ । यस साइकोलोजिकल थ्रिलरको छायाँकन मार्चबाट सुरु हुनेछ । अहिले कंगना ‘मनिकर्निका’ र राजकुमार ‘एक लड्कीको देखा तो ऐसा लगा’मा व्यस्त छन् । सिनेमाको रिलिज डेट भने तय भैसकेको छैन ।