‘मंगलम’बाट जसले प्रत्यक्ष चर्चा कमाए

‘मंगलम’बाट जसले प्रत्यक्ष चर्चा कमाए

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – छविराज ओझा निर्मित सिनेमा ‘मंगलम’ दोस्रो सातामा प्रदर्शनरत छ । सँगै रिलिज भएका दुई सिनेमा मध्ये ‘मंगलम’ले राम्रो व्यापार गर्न सफल भएको छ । भने, ‘मंगलम’ हेर्ने जति दर्शकले नराम्रो भनेका छैनन् ।

विशेषगरि सिनेमाको कथाबस्तु रुचाइएको छ । सिनेमाको कथा गोविन्द फुइयालले लेखेका हुन् । भने, गोविन्दसँग संवादमा निर्देशक नवल नेपालले सहकार्य गरेका छन् । सिनेमाबाट तारिफ पाउनेमा यी दुईसँगै कलाकार मिथिला शर्मा, पुष्पल खड्का र शिल्पा पोखरेल पनि छन् ।

विशेषत अघिल्ला केहि सिनेमाबाट आलोचना खेपेका छविराज ओझाले पनि यस सिनेमाबाट राम्रै तारिफ बटुले ।

सिनेमाका अन्य प्राविधिक कमि कमजोरी र राम्रा पक्षलाई छोडेर यी व्यक्तिहरुले भने प्रत्यक्ष रुपमा तारिफ कमाईरहेका छन् । सिनेमाको पहिलो हाप अलि स्लो भएपनि दोस्रो हापले दर्शकलाई मज्जाले बाध्छ । सिनेमामा पति-पत्नीको प्रेम र आमाको छोराप्रतिको प्रेमलाई राम्ररी प्रस्तुत गरिएको छ । अभिनयमा मिथिला शर्माले सबैको मन जित्छिन । भने, पुष्पलले आफुलाई मिहिनेत गर्न सक्ने कलाकारको रुपमा चिनाएका छन् । त्यस्तै शिल्पा पोखरेल लभरगर्ल र पत्नीको भूमिकामा फिट छिन् ।

सिनेमाको पहिलो साताको कलेक्सन सार्वजनिक भैसकेको छैन । कलेक्सन सार्वजनिक भएसँगै सिनेमा हिट वा फ्लप निर्धारण हुनेछ ।

जे होस् ‘मंगलम’बाट निर्माता छविराज ओझा, निर्देशक नवल नेपाल, लेखन गोविन्द फुइयाल्, कलाकारद्वय मिथिला शर्मा, पुष्पल खड्का र शिल्पा पोखरेलले प्रत्यक्ष तारिफ बटुलिरहेका छन् ।