MYGG Premiere: सबैबाट उत्कृष्ट प्रतिक्रिया (फोटोफिचर)

MYGG Premiere: सबैबाट उत्कृष्ट प्रतिक्रिया (फोटोफिचर)

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ । वर्षको प्रतिक्षित सिनेमा ‘म यस्तो गीत गाउँछु’को भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ । राजधानीको कुमारी हलमा सम्पन्न प्रिमियरमा सिनेकर्मी र सिने पत्रकारको बाक्लो उपस्थिति रह्यो ।

प्रिमियरबाट सुदर्शन थापा निर्देशित सिनेमाले राम्रो प्रतिक्रिया बटुल्न सफल भयो । सिनमा हेरेका सबैले म्युजिकल लभस्टोरी सिनेमाको तारिफ गरे । पल शाह र पुजा शर्माले अभिनयबाट उत्कृष्ट प्रतिक्रिया पाए । सुदर्शन थापाले बनाउँने लभस्टोरी सिनेमाले जहिले प्रशंसा पाउँदै आईरहेका छन् । यस पटकको लभस्टोरीले पनि दर्शकको मन जितेको छ । ‘म यस्तो गीत गाउँछु ‘हेरेपछी सबैले सामाजिक संजाललाई उत्कृष्ट सिनेमा हेर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।

प्रिमियरमा रेखा थापा, दयाहाङ राई, झरना थापा , रमेश उप्रेती, सिताराम कट्टेल (धुर्मुस),  कुन्जना घिमिर (सुन्तली), अन्जु पन्त, आकाश अधिकारी, अशिष्मा नकर्मी, दीपकराज गिरि, दीपाश्री निरौला, सरोज खनाल, छुल्ठिम गुरुङ, आँचल शर्मा, स्वस्तिमा खड्का, सुनिल रावल, सलोन बस्नेत लगायत अन्य सिनेकर्मीको उपस्थिति रह्यो ।

यसै शुक्रबार देखि प्रदर्शनमा आउँन लागको सिनेमामा पल शाह, पुजा शर्मा, सरोज खनाल, रुपा राना लगायतका कलाकारको अभिनय छ । अर्जुन पोखरेलद्वारा संगीतवद्द गीतहरु यसअघि नै हिट भैसकेका छन् ।

फोटोग्राफर: उद्दव रसाइली