‘लिलिबिली’ शिर्ष गीत रिलिज, साथमा १ लाख जित्ने मौका

‘लिलिबिली’ शिर्ष गीत रिलिज, साथमा १ लाख जित्ने मौका

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – प्रतिक्षित सिनेमा ‘लिलिबिली’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘घुम्न जाउँ है इन्जिन गाडीमा’ बोलको शिर्ष गीतमा प्रदीप खड्का र जसिता गुरुङ फिचर छन् ।

एस डी योगीको संगीत तथा स्वर रहेको गीतलाई स्कटल्याण्डका रमणीयस्थलमा छायाँकन गरिएको छ । सुदिप बरालले खिचेको गीतमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । गीतमा एकतारेले शब्द सिर्जना गरेका छन् ।

मिलन चाम्स निर्देशित सिनेमा चैत ३० रिलिज हुदैछ । ‘लिलिबिली’मा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेस चाम्स आदि कलाकारको अभिनय छ ।

सिनेमाको पहिलो गीत ‘इज इट लभ…?’ युट्युबमा हिट भैसकेको छ । गोविन्द शाही, सुदीप खड्का र मिलन चाम्सले निर्माण गरेको सिनेमामा चन्द्र पन्तको एक्सन र अर्जुन जिसीको सम्पादन रहेको छ ।

कभर भिडियो कम्पिटिसन घोषणा: शिर्ष गीत ‘घुम्न जाउँ है इन्जिन गाडीमा’मा ‘लिलिबिली’ टिमले कभर भिडियो प्रतियोगिता घोषणा गरेको छ ।

१ लाख रुपैयाँ विजेता पुरस्कार घोषणा गरिएको प्रतियोगितामा भाग लिन चाहनेले, शिर्ष गीतमा भिडियो तयार गरेर आफ्नै/जुनसुकै युट्युब च्यानलबाट अपलोड गर्न सक्नेछन् । र, उक्त भिडियोको लिंकलाई ‘लिलिबिली’ सिनेमाको अफिसियल पेज (Lily Bily Nepali Movie)मा सेन्ड गर्नु पर्नेछ ।

सर्वाधिक भ्युज पाउने गीतलाई नै विजेता घोषणा गरिने निर्माण पक्षले जानकारी दिएको छ । विजेता घोषणा सिनेमा रिलिज पछी गरिनेछ ।