ट्रेलर: के छ प्रदीपको ‘लिलिबिली’मा ?

ट्रेलर: के छ प्रदीपको ‘लिलिबिली’मा ?

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – प्रतिक्षित सिनेमा ‘लिलिबिली’को ट्रेलर रिलिज भएको छ । प्रेमकथानक सिनेमाको मंगलबार प्रेसमिट गरि ट्रेलर सार्वजनिक गरियो ।

मिलन चाम्स निर्देशित सिनेमाको ट्रेलरमा प्रदीप खड्का, अनुपविक्रम शाही, जसिता गुरुङ, प्रियंका कार्की र सबिन श्रेष्ठलाई हाइलाइट गरिएको छ । सिनेमामा मुख्य भूमिका रहे पनि ट्रेलरमा प्रियंकाको एक झलक मात्र देख्न सकिन्छ ।

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । सिनेमा चैत ३० देखि अलनेपाल प्रदर्शनमा आउदैछ ।