लिलिबिली गीत: यस्तो देखियो प्रदीप र जसिताको केमेस्ट्री

लिलिबिली गीत: यस्तो देखियो प्रदीप र जसिताको केमेस्ट्री

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ –  प्रदीप खड्का अभिनित नयाँ सिनेमा ‘लिलिबिली’को पहिलो गीत सार्वजनिक गरिएको छ । स्कटल्याण्डको रमणीय स्थानहरुमा छायाँकन गरिएको गीतमा प्रदीपले जसिता गुरुङसँग स्क्रिन शेयर गरेका छन् ।

‘प्रेमगीत’मा पूजा शर्मा, ‘प्रेमगीत २’मा अश्लेशा ठकुरी र ‘लिलिबिली’मा जसितासँगको स्क्रिन शेयरबाट उनि रोमान्टिक हिरोमा दरिएका छन् ।

‘इज ईट लभ ?’ शिर्षकको गीतमा नेपाल आइडलमा तेस्रो भएका प्रताप दासले स्वर दिएका छन् । भने, उनलाई मेलिना राईले सघाएकी छन् । गीतमा एलिस कार्कीले संगीत भरेका छन् । राजेशकुमार श्रेष्ठको शब्द सिर्जना रहेको गीतको भिडियो निर्देशन कविराज गहतराजले गरेका हुन् ।

मिलन चाम्स निर्देशित ‘लिलिबिली’ निर्माण घोषणा भएसँगै चर्चा र प्रतिक्षामा छ । सिनेमामा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, सविन श्रेष्ठ र अनुपविक्रम शाहीको मुख्य भूमिका छ ।

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भैरहेको सिनेमामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । चैत ३० मा रिलिज हुने भनिएको सिनेमा अनिश्चित रुपमा पोस्टपोन्ड भएको छ । निर्माण टिम सिनेमाको नयाँ रिलिज डेट छिट्टै नै सार्वजनिक गर्ने सोचमा छ ।