अर्जुन पोखरेल संगीतवद्द ‘लम्फु’का चार गीत सार्वजनिक

अर्जुन पोखरेल संगीतवद्द ‘लम्फु’का चार गीत सार्वजनिक

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – २०७५ बैशाख २८ मा रिलीज हुने नेपाली सिनेमा ‘लम्फु’का चार अडियो गीतहरु सार्वजनीक गरिएका छन । सार्वजनीक चारवटै गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । भने, गायक गायिका प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, सुरेश लामा र अप्सरा घिमिरेले स्वर दिएका छन ।

‘सँगै जिउने सँगै मर्ने’, ‘तिम्लाई भुलेर’, ‘दोधार दोधारमा’ र ‘सुको छैन यार’ बोलका गीत ‘लम्फू’मा समावेश छन् । सिनेमा भित्र मायाप्रेममा रोमाञ्स, वियोग तथा युवा अवस्थाको जीन्दगीलाई गीतद्वारा संगीतकारले प्रस्तुत गरेका छन् । गोपालचन्द्र लामिछाने निर्देशित सिनेमा ‘लम्फू’बाट कबिर खड्काले डेब्यू गरेका छन् । कबिरसहित यो सिनेमामा सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, तरकारीवालीको नामले चर्चित कुशुम श्रेष्ठ लगायतको अभिनय रहेको छ । तरकारीवाली उर्फ कुशुमले पनि ‘लम्फू’बाट नै सिनेमामा डेब्यू गरेकी हुन् ।

‘लम्फू’ले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ । यो सिनेमा समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुबै बनाउछ भन्ने कथामा बनेको निर्देशक लामिछानेले बताए । ‘लम्फू’लाई पपुलर मल्टिमिडियाको लागि शक्तिबल्दब घोरासैनीले बनाएका हुन् । सिनेमामा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको ‘लम्फू’मा सम्पादन हरि सिलवालको रहेको छ । ‘लम्फू’को डिजिटल तथा अन्तराष्ट्रिय अधिकार हाईलाईट्स नेपालले लिएको छ ।