‘दुई रुपैयाँ’को गीतलाई ५ करोड !

‘दुई रुपैयाँ’को गीतलाई ५ करोड !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – ‘कुटुमा कुटु…’ बोलको गीतलाई युट्युबमा ५ करोड पटक हेरिएको छ  । २ करोड ९० लाख बढी जनसंख्या भएको देशमा ९ महिनामै यस्तो भ्युज पाउनु ‘कुटुमा कुटु…’को लागि एतिहासिक नै मान्नु पर्छ ।

यो मात्र त्यस्तो गीत हो जसले छोटो समयमै ५ करोड भ्युज पाउन सफल भयो । यसका अलावा अन्य नेपाली भिडियोले युट्युबमा ३ करोडको माइलस्टोन पार गर्न सकेका छैनन् । यो गीतको भ्युज गति नयाँ गीतको जस्तै छ । त्यसैले छिट्टै नै ६ र ७ करोडको माइलस्टोन पनि यसले चिर्न सक्नेछ ।

राजनराज सिवाकोटीको शब्द/संगीत र भोकलमा बनेको गीतमा मेलिना राई र राजन इशानको पनि भोकल छ । कविराज गहतराजले कोरियोग्राफी भरेको गीतमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, आसिफ शाह, बुद्दी तामाङले कम्मर मर्काएका छन् ।

यसै गीतको सफलताले सिनेमा ‘दुई रुपैयाँ’ पनि बक्सअफिसमा सफल भएको थियो । असिम शाह निर्देशित ‘दुई रुपैयाँ’को सिक्वेल पनि बन्ने भएको छ । आशा गरौ ‘दुई रुपैयाँ’को सिक्वेलले पनि यस्तै अर्को हिट गीत दिनेछ ।

यो वर्षको सुपरहिट ‘दुई रुपैयाँ’मा निश्चल बस्नेत, आसिफ शाह,बुद्दी तामाङ, मेनुका प्रधान, राजन इशान लगायतका कलाकारको अभिनय छ ।