स्कटल्याण्डमा ‘कृ’ जोडीको रोमान्टिक मूड

स्कटल्याण्डमा ‘कृ’ जोडीको रोमान्टिक मूड

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – अनमोल केसी स्टारर ‘कृ’ रिलिज हुन् अब ५ दिन मात्र बाँकी छ । अनमोलका ‘डाईहार्ड’ फ्यानहरुको ढुकढुकी चल्न सुरु भैसकेको छ ।

यसै बीच निर्माण टिमले दर्शकलाई उपहार स्वरूप २२ गते सिनेमाको रोमान्टिक गीत सार्वजनिक गर्दैछ । स्कटल्याण्डका रमणीय स्थलहरुमा तीन दिन लगाएर छायाँकन गरिएको ‘मैले जानी नजानी’ बोलको गीतमा अनमोल र अदिति बुढाथोकी फिचरिङ छन् ।

१ दिन अगाडी मात्र लोकेशन फोकस गरिएका केहि ‘वाइड फ्रेम’ तस्विर द सिनेमा टाइम्सबाट सार्वजनिक भएका थिए । आज अनमोल र अदितिको रोमान्टिक मूडलाई नजिकबाट नियाल्न सक्ने गरि खिचिएका केहि ‘क्लोज सट’का तस्विरहरु सार्वजनिक भएका छन् । यो गीतमा रोदित भण्डारीको स्वर, रोदितकै शब्द तथा रोदित र विशेष पाण्डेको संगीत छ ।

माघ २६ बाट अलनेपाल रिलिज हुने ‘कृ’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । सिनेमामा अनमोल र अदितिका अलावा अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी, अमित गिरी, सुदाम लगायतका कलाकारको मुख्य भूमिका छ ।

सुवास इन्टरटेन्मेन्टको निर्माणमा द सुपर काजोल फिल्मस्को प्रस्तुति रहेको सिनेमामा भुवन केसी र सुवास गिरीको लगानी छ । सिनेमामा चन्द्र पन्तको एक्सन, अल्मोडा राना उप्रेती र विशेष पाण्डेको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, प्रदिप भारद्धाज र आशिष रेग्मीको पटकथा तथा संवाद छ ।