मन लोभ्याउने ‘कृ’ गीत, पुरुषोत्तमको आकर्षक छायाँकन

मन लोभ्याउने ‘कृ’ गीत, पुरुषोत्तमको आकर्षक छायाँकन

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – अनमोल केसी स्टारर सिनेमा ‘कृ’ अहिले सफलताको दोस्रो सातामा प्रदर्शन भैरहेको छ । यसै बीच ‘कृ’ सफलतामा निर्माण टिमले नयाँ गीत सार्वजनिक गरेको छ ।

‘उकालीमा पछी पछी…’ बोलको गीतमा अनमोलले अदिति बुढाथोकीलाई फकाउन खोजिरहेका छन् । जहाँ यी दुईको सुन्दर केमेस्ट्रीलाई पुरुषोत्तम प्रधानले आकर्षण ढंगबाट खिचेका छन् । नेपालमा छायाँकन गरिएको गीतको भिडियो हेरीरहू लाग्छ ।

अल्मोडा राना उप्रेतीको शब्द/संगीत/स्वर र एरेन्ज रहेको गीतमा बिक्रम लामा र एन्जेला खत्रीले कोरियोग्राफी भरेका छन् ।

भुवन केसी र सुवास गिरीले ३ करोड ५० लाख बजेटमा निर्माण गरेको सिनेमाले पहिलो सातानै लगानी रिकभर गरिसकेको छ । दोस्रो सातादेखिको व्यापार निर्मातालाई नाफाको रुपमा हुनेछ । दोस्रो सातामा पनि ‘कृ’ले राम्रै हल र सोज पाईरहेको छ ।

सुरेन्द्र पौडेल निर्देशित सिनेमामा अनमोल र अदितिका अलावा अनुपबिक्रम शाही, कामेश्वर चौरसिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।

‘कृ’मा चन्द्र पन्तको एक्सन, अल्मोडा राना उप्रेती र विशेष पाण्डेको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, प्रदिप भारद्धाज र आशिष रेग्मीको पटकथा तथा संवाद रहेको छ ।

https://youtu.be/nsquj4B8Wi0

‘कृ’को लगानी सुरक्षित, ६ दिने व्यापार कति ?