‘कृ’को लगानी सुरक्षित, ६ दिने व्यापार कति ?

‘कृ’को लगानी सुरक्षित, ६ दिने व्यापार कति ?

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – प्रदर्शनरत सिनेमा ‘कृ’ले पहिलो ६ दिनमै लगानी रिकभर गर्न सफल भएको निर्माण पक्षले जानकारी दिएका छन् ।

पहिलो दुई दिनमा देशभरबाट २ करोड ६५ लाख ५३ हजार ग्रस कलेक्सन गरेको सिनेमाले बाँकी चार दिनमा २ करोड ७८ लाख ४७ हजारको ग्रस कारोबार गर्न सफल भयो । अब सिनेमाको ६ दिने टोटल ग्रस कलेक्सन ५ करोड ४४ लाख पुगेको छ ।

५ करोड ४४ लाख ग्रस कलेक्सनबाट निर्माताको हातमा २ करोड ४० लाख नेट रकम पर्न आउछ । त्यस्तै सिनेमाले ओभरसिज राइटबाट ८० लाख र विभिन्न ब्राण्डबाट ५० लाख उठाईसकेको निर्माता सुवास गिरीले बताए । यसअर्थमा सिनेमाको लगानी ६ दिनमै उठिसकेको छ । ‘अबको व्यापार नाफाको हुनेछ’ सुवासले भने ।

सुरेन्द्र पौडेल निर्देशित सिनेमामा अनमोल केसी र अदिति बुढाथोकीको मुख्य भूमिका छ । सिनेमाको व्यापारमा अनमोलको स्टारडमले भरपुर मद्दत पुगेको फिल्मी पण्डितहरुले बताईरहेका छन् ।

सुवाससँगै अभिनेता भुवन केसीको पनि लगानी रहेको सिनेमामा अनुपबिक्रम शाही, कामेश्वर चौरसिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।

‘कृ’मा चन्द्र पन्तको एक्सन, अल्मोडा राना उप्रेती र विशेष पाण्डेको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, प्रदिप भारद्धाज र आशिष रेग्मीको पटकथा तथा संवाद रहेको छ ।