अनमोलको ‘कृ’ प्रदर्शनमा

अनमोलको ‘कृ’ प्रदर्शनमा

The Cinema Times

द सिनेमा टाइम्स काठमाण्डौ –   आज शुक्रबार देखि युवा स्टार अनमोल केसी अभिनित बहुप्रतिक्षीत सिनेमा ‘कृ’  प्रर्दशनमा आएको छ । ‘कृ’ नेपाल भरिका एक सय भन्दा बढी  सिनेमा घरहरुमा रिलीज भएको छ । ‘कृ’ को बिहानी शो बाटै हलमा उल्लेखिए मात्रमा सिनेमा हर्ने दर्शक रहेको हल सञ्चालकहरु बताउछन ।  एक्सन सिनेमा रुचाउने दर्शकका लागी ‘कृ’ गतिलो खुराक बन्ने छ ।

मंगलवार साँझ बाटै मल्टिप्लेक्समा फिल्मको बुकिङ खुल्ला गरिएको थियो ।अनमोलको क्रेज र फिल्मको हाइपका कारण ‘कृ’ को इनिसियल व्यापार आक्रामक हुने धेरैको अनुमान छ । फिल्मलाई चलचित्रकर्मीहरुले सामाजिक

सञ्जालमार्फत सफलताको शुभकामना दिइरहेका छन् । सुरेन्द्र पौडेल फिल्मका निर्देशक हुन् । बदलाको कथा बोल्ने ‘कृ’ मा सुवास गिरी र भूवन केसीको लगानी छ ।  ‘कृ’ मा अनमोल केसी संगै अदिती बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।

सिनेमामा चन्द्र पन्तको एक्सन, अल्मोडा राना उप्रेती र विशेष पाण्डेको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, प्रदिप भारद्धाज र आशिष रेग्मीको पटकथा तथा संवाद छ ।