तीन कथामा सकियो ‘कथा काठमाडौँ’ (तस्विरहरु)

तीन कथामा सकियो ‘कथा काठमाडौँ’ (तस्विरहरु)

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ । भिजे संगीता श्रेष्ठको डेब्यु निर्देशन रहेको फिल्म ‘कथा काठमाडौँ’को सम्पूर्ण छायांकन सकिएको छ । फिल्मको छायांकन तिन चरणमा २३ दिन लगाएर सकेको डेब्यु निर्देशकले बताइन ।

संगीताले भनिन्–‘यो चलचित्र भित्र ३ वटा कथा छ । तर, तिनै वटा कथाका पात्रको कनेक्शन एक अर्कासंग छ । हामीले नेपाली फिल्ममा पहिलो पटक यस्तो कथा मिलाएका छौ ।’ उनका अनुसार, प्रियंकाको कथाको कनेक्शन सन्ध्यासंग  र सन्ध्याको कथाको कनेक्शन आयुष्मानसंग छ । प्रियंका कार्की, आयुष्मान देसराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ ।

आहाना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विजय राइको लगानी छ । गायिका इन्दिरा जोशीको पनि फिल्ममा विशेष भूमिका रहेको बताइएको छ । हेर्नुस ‘कथा काठमाडौँ’का छायांकनताकाका तस्विरहरु: