‘कारखाना’को सुखद अकुपेन्सी, दर्शक माझ घेरिए सुशील

‘कारखाना’को सुखद अकुपेन्सी, दर्शक माझ घेरिए सुशील

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ । यो शुक्रबार प्रदर्शनमा आएको सिनेमा ‘कारखाना’ले बक्सअफिसमा सुखद सुरुवात गरेको छ ।

शुक्रबार ४०-५० प्रतिशत अकुपेन्सी महशुस गरेको सिनेमाले शनिबार देशभरबाट अघिल्लो दिनको तुलनामा दोब्बर अकुपेन्सी महशुस गर्न सक्यो । शनिबार देशभर ७०-७५ प्रतिशत अकुपेन्सी रहेको निर्माता सुदिप खड्काले जानकारी दिए ।

‘सिनेमामा उठाईएको विषयवस्तु दर्शकले मन पराएका छन् । दर्शकको सकारात्मक प्रतिक्रियाले आगामी दिनमा समेत सिनेमाले राम्रो व्यापार गर्न सक्ने आशा छ ।’ निर्माताले थपे ।

राजधानीका २५ माथि र राजधानी वाहिरका ५० बढी हलमा प्रदर्शन भैरहेको सिनेमा राम्रै प्रचारका साथ प्रदर्शनमा आएको थियो । सिनेमाको हल रिपोर्ट बुझ्न मुख्य कलाकार सुशील श्रेष्ठ शनिबार राजधानीका हलमा उपस्थित भएका थिए ।

जहाँ दर्शकले सुशीलसँग रमाउँदै सिनेमा हेरेर सेल्फी लिए । दर्शकको उत्साहजनक साथबाट हल परिषरमा यी कलाकार हर्षित देखिन्थ्ये । अमरदीप सापकोटा निर्देशित सिनेमाले प्रेमको निमित्त घर छोड्दाका संघर्षहरुलाई प्रस्तुत गरेको छ ।

सिनेमाको अंकगणितीय रिपोर्ट विकेन्डको समाप्तिमा सार्वजनिक हुनेछ ।