नेफ्टा अवार्ड: करिश्मासंग नाच्दैछन् नाजिर, १ सय २० सिनेकर्मी जादैछन् दुबई

नेफ्टा अवार्ड: करिश्मासंग नाच्दैछन् नाजिर, १ सय २० सिनेकर्मी जादैछन् दुबई

The Cinema Times

पुस ८ गते दुबईमा हुने नेफ्टा अवार्डले दुई पुस्ताका कलाकरहरुलाई एकै स्टेजमा जोड्ने काम गर्ने भएको छ । अघिल्लो पुस्ताका राजेश हमाल र करिश्मा मानन्धर नयाँ पुस्ताका जुनियर कलाकारहरु संग स्टेज सेयर गर्दैछन् ।

अवार्डको नृत्य प्रस्तुतिका रिहर्सलको अन्तिम दिन करिश्मा मानन्धरले आफूभन्दा कान्छा अभिनेता नाजिर हुसेनसँगको प्रस्तुतिका लागी संगै नृत्य गरिन । उता महानायक हमालले भने अर्की अभिनेत्री मलिना जोशीसँग नृत्य प्रस्तुत गर्नेछन ।

करिष्माले नाजिर आफ्नो छोरा जस्तै भएको र उनीसंग नृत्य गर्दा रमाइलो लागेको बताईन् । उता नाजिरले करिश्माको डान्स र उनका पुराना सिनेमाका गीत कर्णप्रिय लाग्ने बताए । करिश्मा आफ्नै निर्माण गरेको फिल्म ढुकढुकीको सङ्लो सङ्लो पानीजस्तो लगायतका हिट गीतमा नाच्दैछिन् ।

करिष्मा karishma dance

कोरियोग्राफर शंकर विसी र नरेशबिर सिंह करिश्मा अनि नाजिर लगायतलाई नृत्य सिकाउदैछन्, उनीहरुले सबै स्टेज तयारी पुरा भएको बताए । अवार्ड समारोहका लागि १ सय २० जनाको टोली डिसेम्बर २३मा दुबईतर्फ प्रस्थान गर्ने र सबै खाले तयारी पुरा भएको समेत नेफ्टा अध्यक्ष पुष्कर लामाले जानकारी दिएका छन् ।