‘कान्छी’को सेलेब्रेटी रेडकार्पेट शो सम्पन्न (फोटोफिचर)

‘कान्छी’को सेलेब्रेटी रेडकार्पेट शो सम्पन्न (फोटोफिचर)

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘कान्छी’ले सेलेब्रेटी रेडकार्पेट शो सम्पन्न गरेको छ । आइतबार राजधानीमा सम्पन्न शोमा उपस्थित पाहुनाले ‘कान्छी’को प्रसंसा गरे ।

मलाई त ‘कान्छी’ राम्रो लाग्यो, वरिष्ट अभिनेता हरिबंश आचार्यले भने, श्वेताले मुटु निचोर्नु भएको छ । कलाकारको अभिनय, गीत, संगीत, छायाँकन र निर्देशकीय पक्ष सबै सबल छन् ।

त्यस्तै अर्का वरिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठले ‘कान्छी’ पुरानो धारको भएपनि नयाँ चिजलाई अंगालेको प्रतिक्रिया दिए । दीपाश्री निरौलाले ‘कान्छी’ हेरिरहँदा श्रीदाईलाई सम्झिएको बताइन । भावुक हुँदै दीपाले भनिन् ‘श्वेताको यो हिम्मत र साहसलाई हामी सबैले स्वागत गर्नु पर्छ ।’

माओवादी केन्द्रका नेता तथा पुर्व गृहमन्त्री अग्नि सापकोटाले सिनेमा हेर्दै गर्दा समय बितेको पत्तै नपाएको बताए ।

आकाश अधिकारी निर्देशित सिनेमामा श्वेताका अलावा दयाहाङ राई, निर शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, विनोद न्यौपाने, प्रज्वल सुजल गिरी, अनु शाह, भूमिका श्रेष्ठ लगायतका कलाकारले अभिनय छ ।

श्वेतासँगै शैलेश खड्का र रविन खड्काको लगानी रहेको सिनेमामा यम थापाको लेखन, पुरुषोत्तम प्रधानको छायाँकन, अर्जुन पोखरेल, राजनराज सिवाकोटी र शम्भुजित बाँस्कोटाको संगीत छ ।

‘कान्छी’लाई दर्शकको साथ, फ्यानको भिडमा दया र श्वेता