माझि बस्ति सहयोगार्थ ‘कान्छी’ म्युजिकल साँझ हुने

माझि बस्ति सहयोगार्थ ‘कान्छी’ म्युजिकल साँझ हुने

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – फागुन ४ गतेबाट अलनेपाल रिलिज हुने सिनेमा ‘कान्छी’ टिमले सिन्धुपाल्चोकको भ्याडीटोलमा निर्माणाधीन माझी बस्तीको निर्माणमा सहयोग जुटाउन भब्य कार्यक्रम गर्ने भएको छ ।

स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको स्मृतिमा स्थापित श्वेता श्री फाउण्डेशनले माघ २३ गते ‘कान्छी म्युजीकल नाइट २०१८ तथा रेड कार्पेट’को आयोजना गर्ने भएको हो । काठमाण्डौस्थित पाँच तारे होटल अन्नपुर्णमा आयोजना हुने कार्यक्रममा ‘कान्छी’ टिमसहित नेपाली सिनेमा तथा साँगीतिक क्षेत्रका दर्जनौँ व्यक्तिहरुको सहभागीता रहने फाउण्डेशनकी अध्यक्ष श्वेता खड्काले बताइन ।

म्युजीकल नाइटमा निर्मात्री तथा अभिनेत्री श्वेता खड्का, दयाहाङ राई, गायिका अन्जु पन्त, संगीतकार तथा गायक राजनराज सिवाकोटी, अर्जुन पोखरेल, हाँस्यकवि शैलेन्द्र सिम्खडा, गायक युवराज चौलागाई,  धर्मेन्द्र सेवन, कमेडियन संन्दिप क्षेत्रीसँगै गायिका माण्डवी त्रिपाठी, हाँस्यकलाकार जितु नेपाल, निर्देशक आकाश अधिकारी, वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठ, अभिनेत्री आशिष्मा नकर्मी, मरिष्का पोखरेल, जेविका कार्की तथा अभिनेता विनोद न्यौपानेको बिषेश प्रस्तुती रहने छ ।

श्वेताले ‘कान्छी’ मार्फत करिब ३ वर्ष पछी कमब्याक गर्दैछिन् । आकाश अधिकारी निर्देशित सिनेमामा श्वेता र दयाहाङका अलावा अनु शाह, कामेश्वर चौरसिया, प्रज्वलसुजल गिरी, भूमिका श्रेष्ठ, आशान्त शर्मा लगायतका कलाकारको अभिनय छ ।