कामना अवार्डमा ‘छक्का पन्जा’को वर्चस्व (फोटोफिचर) द सिनेमा टाइम्स, काठमाडौँ – मंगलबार सम्पन्न कामना अवार्डमा विपिन कार्कीले ‘जात्रा’बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । वर्ष भरिका अवार्ड आफ्नो पोल्टामा पारेका विपिन कामनामा पनि अब्बल ठहरिए। त्यस्तै ‘डाईङ क्यान्डल’बाट सिर्जना सुब्बाले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाउदा केकीले पपुलर च्वाइसको अवार्ड जितिन । त्यस्तै हेमराज विसीले ‘गाजलु’बाट उत्कृष्ट निर्देशकको अवार्ड जित्दा ‘छक्का पन्जा’ उत्कृष्ट सिनेमा ठहरियो । २७ विधामा बाडिएको अवार्डमा ‘छक्का पन्जा’ले सर्वाधिक ८, ‘गाजलु’ले ५ र ‘डाईङ क्यान्डल’ले ४ विधाको अवार्ड आफ्नो पोल्टामा पारे । प्राय: अवार्डमा वर्चश्व कायम गरेको ‘जात्रा’ले तिन अवार्डमा मात्र चित्त बुझाउनु पर्यो । चर्चित कलाकारहरुको प्रस्तुति रहेको अवार्डमा हरिहर शर्मालाई लाईफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरियो । विजेताहरुको पूर्ण सुची: सिनेमा: छक्का पञ्जा निर्देशकः हेमराज बिसी ‘गाजलु’ अभिनेताः विपिन कार्की ‘जात्रा’ अभिनेत्रीः श्रृजना सुब्बा ‘डाइङ क्याण्डल’ सह–अभिनेताः जितु नेपाल, छक्का पञ्जा सह– अभिनेत्रीः गौरी मल्ल, होमवर्क खलपात्रः दीपकराज गिरी, छक्का पञ्जा हाँस्य कलाकारः केदार घिमिरे, छक्का पञ्जा नव निर्देशकः दीपाश्री निरौला, छक्का पञ्जा नव अभिनेताः आर्यन अधिकारी, के म तिम्रो होइन र नव अभिनेत्रीः श्रृष्टि श्रेष्ठ, गाजलु बाल कलाकारः लाक्पा सिघे तामाङः डाइङ क्याण्डल कथाः हेमराज बिसी, गाजलु पटकथाः प्रदिप भट्टराई, जात्रा संवादः दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे ‘छक्का पञ्जा’ छायाँकारः रविन आचार्य, डाइङ क्याण्डल द्वन्द्व निर्देशकः हिमाल केसी, के म तिम्रो होइन र सम्पादनः सुरेन्द्र पौडेल, गाजलु शृङ्गारः सरोज बुढाथोकी, डाइङ क्याण्डल ध्वनी मिश्रणः उत्तम न्यौपाने, गाजलु पार्श्व संगीतः एलिश कार्की, के म तिम्रो हिइन र नृत्य निर्देशनः कविराज गहतराज, छक्का पञ्जा पार्श्व गायकः कृष्ण काफ्ले, छक्का पञ्जा (सुन न चम्पा) पार्श्व गायिकाः अञ्जु पन्त, किस्मत २ (यी आँखा लैजाउ) संगीतकारः कालिप्रसाद बाँस्कोटाः लुट २ (ठमेल बजार) गीतकारः डा. कृष्णहरी बराल, शब्द (हरपल) लक्स पपुलर च्वाइस अवार्डः केकी अधिकारी तस्विर: आर्यन विमली