दर्शकलाई धन्यवाद दिन ‘कान्छी’ मोफसलमा !

दर्शकलाई धन्यवाद दिन ‘कान्छी’ मोफसलमा !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – गत शुक्रबार सोलो रिलिज भएको ‘कान्छी’ले प्रदर्शनको दोस्रो साता तय गरेको छ । श्वेता खड्काले निर्माण गरेको सिनेमालाई आकाश अधिकारीले निर्देशन गरेका हुन ।

सफलताका साथ पहिलो साताको यात्रा पार गरेको सिनेमा दोस्रो सातामा पनि ८० बढी पर्दामा प्रदर्शन भैरहेको वितरक गोपालकाजी कायस्थले बताए । ‘कान्छी’को पहिलो साताको व्यापारिक रिर्पोट भने सार्वजनिक गरिएको छैन ।

यसै क्रममा प्रर्दशनको दोस्रो साता ‘कान्छी’ टिम दर्शक भेटघाट र प्रतिक्रिया लिन मोफसल यात्रामा निस्किएको छ । अभिनेत्री तथा निर्मात्री श्वेता खड्का, अभिनेता विनोद न्यौपाने, दीलिप पन्तसहितको टोली मोफसलका हेटौडा, चितवन, बुटवलसम्मको यात्रामा निस्किएको खड्काले बताइन । “कान्छी’लाई राजधानी र मोफसलका दर्शकले राम्रो साथ दिनु भएको छ । त्यसैले सम्पुर्ण दर्शकलाई धन्यवाद दिन हाम्रो टिम मोफसल यात्रामा निस्किएको हो |’ उनले भनिन्।

सिनेमामा श्वेता र विनोदका अलावा  दयाहाङ राई, निर शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, प्रज्वल सुजल गिरी, अनु शाह, भूमिका श्रेष्ठ लगायतका कलाकारले अभिनय छ ।

श्वेतासँगै शैलेश खड्का र रविन खड्काको लगानी रहेको सिनेमामा यम थापाको लेखन, पुरुषोत्तम प्रधानको छायाँकन, अर्जुन पोखरेल, राजनराज सिवाकोटी र शम्भुजित बाँस्कोटाको संगीत छ ।