‘कान्छी’लाई २ करोड, मल्टिप्लेक्समा बुकिङ खुल्ला !

‘कान्छी’लाई २ करोड, मल्टिप्लेक्समा बुकिङ खुल्ला !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – भोलि अर्थात फागुन ४ देखि अलनेपाल रिलिज हुन् लागेको सिनेमा ‘कान्छी’ले प्रदर्शन अगावै लगानी सुरक्षित गरेको छ ।

ब्राण्ड पाटनर, ओभरसिज राइट र डिजिटल राइटबाट ‘कान्छी’ले लगानी सुरक्षित गरेको अभिनेत्री तथा निर्मात्री श्वेता खड्काले जानकारी दिईन् । प्रोडक्सन र पब्लिसिटी खर्च गरेर करिब २ करोड लगातमा निर्माण भएको ‘कान्छी’लाई ब्राण्ड पाटनरबाट ८० लाख प्राप्त भैसकेको छ । भने, ओभरसिज र डिजिटल राइटबाट १ करोड २२ लाख सुरक्षित भएको छ ।

यसरि हेर्दा ‘कान्छी’ले रिलिज अगावै २ करोड २ लाख उठाईसकेको छ ।

गीत, ट्रेलर र पोस्टरबाट हाइप सिर्जना गरेको ‘कान्छी’ले बक्सअफिसमा समेत सकारात्मक नजिता ल्याउने फिल्मी पण्डितहरुको अनुमान छ । सिनेमाको लागि देशभरका मल्टिप्लेक्समा बुधबारै बुकिङ खुल्ला गरिएको छ ।

आकाश अधिकारी निर्देशित सिनेमामा श्वेतासँगै दयाहाङ राईको मुख्य भूमिका छ । पहिलो पटक स्क्रिन शेयर गरेका श्वेता र दयाको जोडीलाई ट्रेलर र गीतमा समेत रुचाईएको छ ।

अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको सिनेमामा वरिष्ठ कलाकार नीर शाह, अभिनेत्री अनु शाह, कलाकारहरु कामेश्वर चौरसिया, आशान्तशर्मा, भूमिका श्रेष्ठ, प्रज्वलसुजल गिरी लगायतका कलाकारको पनि अभिनय छ ।

पुरुषोत्तम प्रधानको छायाँकन रहेको सिनेमा श्वेतासँगै शैलेश खड्का र रविन खड्काको पनि लगानी रहेको छ ।