३ सातामा ‘जुमान्जी’को नेपाल कमाई कति ?

३ सातामा ‘जुमान्जी’को नेपाल कमाई कति ?

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – हलिउड सिनेमा ‘जुमान्जी: वेलकम टु द जंगल’ले नेपाली बक्सअफिसमा १ करोड माथीको कमाई गर्न सफल भएको छ । दर्शकबाट राम्रो समिक्षा र साथ पाईरहेको सिनेमा चौथों सातासम्म पनि राम्रो अकुपेन्सीका साथ प्रदर्शन भैरहेको छ ।

मल्टीप्लेक्सबाट मात्रै १ करोड माथीको व्यापार गरेको खुसियालीमा वितरण कम्पनि एप्पल इन्टरटेनमेन्टले डवेन जोन्सन स्टारर सिनेमाको आइतबार विशेष सोसमेत राखेको थियो । सोमा माइती नेपालका बालबालिका र केहि संचारकर्मीले सिनेमा हेरे ।

जेक कस्डन निर्देशित फिल्मलाई क्रिटिक्सले रुचाएका छन् । जुमानी फ्रेन्चाइजको यो दोस्रो सिक्वेलमा भिडियो गेममार्फत भर्चुअल संसारमा छिरेका चार हाइस्कुल विद्यार्थीले वास्तविक संसारमा फर्कन गरेको संघर्षलाई चित्रण गरिएको छ ।

‘राम्रो ढंगमा फिल्म प्रदर्शन भैरहेको छ र करोड कमाउन पनि सफल छ’ कम्पनी वितरण प्रमुख जेनिस पहारीले भनिन्, ‘हलिउड फिल्म पछिल्लो समय प्रभावशाली बन्न थालेको उदाहरण हो यो ।’ एप्पलले करोड कमाउने फिल्मलाई विशेष सोसहित कतिपयको प्रिमियर समेत आयोजना गर्ने गरेको छ ।

सन् २०१८ मा मेज रनर ः द डेथ क्योर, पिटर र्याबिट, अल्फा, रेड स्पारो, टम्ब रेइडर, डेडपुल २, होटल ट्रान्सिलभेनिया ३, भेनम, न्यू म्युचन्टस लगायतका फिल्मलाई एप्पलले नेपाल रिलिज गर्दैछ ।

कम्पनीले हलिउडका मुख्य स्टुडियोहरु फक्स, सोनी पिक्चर्स, वार्नर ब्रोज, युनिभर्सल एवं बलिउडका पीभीआर र तानवीर स्टुडियोका फिल्म वितरण गर्दै आइरहेको छ ।