चर्चित दुई भिलेनसँग वर्षाको ‘जय शम्भु’ !

चर्चित दुई भिलेनसँग वर्षाको ‘जय शम्भु’ !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमामा पछिल्लो समय खलपात्रमा रुचाईएका कलाकार हुन् प्रशान्त ताम्राकार र अनुपविक्रम शाही । यी दुईको मुख्य भूमिका रहने सिनेमा ‘जय शम्भु’को अफिसियल घोषणा गरिएको छ ।

तर, यस सिनेमामा अनुप विक्रम हिरो र प्रशान्त भिलेनको रुपमा प्रस्तुत हुनेछन् । भने, वर्षा सिवाकोटी अपोजिटमा रहनेछिन् । रुपेश तामाङले निर्देशन गर्ने एक्सन लभस्टोरी सिनेमामा रोशन महर्जनले मुख्य भूमिकामा डेब्यु गर्दैछन ।

फागुन १४ गतेबाट छायाँकनमा उत्रिने ‘जय शम्भु’लाई दिनेश शाही, अरविन्द्र शाक्य, चक्र पाख्रिन र राजकुमार नगरकोटीले निर्माण गर्नेछन् । ४५ दिने छायाँकन सेड्युल तय गरिएको सिनेमालाई काठमाडौँ र अन्नपूर्ण बेसक्याम्पमा हरि घले लामाले खिच्नेछन् ।

आगामी साउन १ लाई प्रदर्शन मिति तय गरेको सिनेमामा श्री श्रेष्ठको एक्सन, प्रदीप कँडेल/अर्जुन पोखरेलको संगीत, र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

प्रशान्त, अनुप विक्रम र वर्षालाई निर्माण पक्षले महँगो पारिश्रमिकमा अनुबन्धित गरेको बतायो । तर, तिनै कलाकारले महँगो पारिश्रमिक भन्दा पनि ‘जय शम्भु’ विषयबस्तु र टिम मन परेकोले सिनेमा खेल्न राजि रहेको बताए ।