युट्युबमा विपिनको ‘जात्रा’ (भिडियो)

युट्युबमा विपिनको ‘जात्रा’ (भिडियो)

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – २०७३ सालको सुपरहिट सिनेमा ‘जात्रा’लाई युट्युबमा पनि अत्याधिक रुचाईएको छ । सिनेमाको प्रस्तुति, कलाकारको अभिनय र कथाबस्तुलाई हेर्ने जतिले रुचाएका छन् ।

१ दिन अगाडी सार्वजनिक गरिएको ‘जात्रा’ युट्युब ट्रेन्डीङको शिर्ष स्थानमा समेत आईपुगेको छ । र, १ मिलियन भ्युज नजिक पुगेको छ । प्रदीप भट्टराई निर्देशित सिनेमामा विपिन कार्की, रबिन्द्र सिंह बानियाँ, रबिन्द्र झा र बर्षा राउतको मुख्य भूमिका छ ।

नेपाली हलहरुमा ५१ दिन मनाएको सिनेमाले यो वर्ष सम्पन्न अधिकांस अवार्डहरुमा वर्चश्व जमाएको थियो । यसै सिनेमाबाट विपिनले आधा दर्जन बढी अवार्ड पनि उचालीसकेका छन् ।