आमिर र सलमानपछी चिनमा इरफानको डेब्यु !

आमिर र सलमानपछी चिनमा इरफानको डेब्यु !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – सलमान खान स्टारर सिनेमा ‘बजरंगी भाइजान’ सफलताका साथ चिनमा प्रदर्शन भैरहेको छ । यसले प्रदर्शनको ८ औं दिनसम्म भारतीय १ सय २८ करोड ग्रस कलेक्सन गरिसकेको छ ।

सिनेमाको ‘वर्ड अफ माउथ’ बलियो हुँदा कलेक्सनमा बढोत्तरी भरहेको छ । प्रदर्शनको पहिलो दिन २ दशमलव २६ मिलियन डलर कमाई गरेको सिनेमाले सातौ दिनमा ४ दशमलव ०१ मिलियन डलर कमाई गर्दै सबैलाई आश्चर्यमा पार्यो ।

सलमान र आमिर खानको सिनेमा पश्चात चाइनिज बक्सअफिसमा अब इरफान खानले डेब्यु गर्ने भएका छन् । २०१७ मा भारतमा अत्याधिक रुचाइएको ‘हिन्दी मिडियम’ले चिन रिलिजको लागि तयारी पुरा गरेको छ । भारतमा यस सिनेमाले झन्डै ७० करोड भारु कमाई गरेको थियो । अप्रिल ४ मा चिन रिलिज हुने गरि सिनेमाको चाइनिज पोस्टर सार्वजनिक गरिएको छ ।

सामान्य बजेटमा निर्माण भएको ‘हिन्दी मिडियम’लाई समिक्षकले उत्कृष्ट सिनेमाको दर्जामा राखेका छन् । त्यसैले ‘हिन्दी मिडियम’ले चिनमा पनि सफलता पाउनेमा दुई मत छैन । सकेट चौधरी निर्देशित सिनेमामा इरफानका अलावा सबा कमरको पनि मुख्य भूमिका छ । यस पटकको फिल्म फेयर अवार्डमा ‘हिन्दी मिडियम’ले बेस्ट फिल्मको अवार्ड जितेको थियो ।

आमिर खानको पछिल्लो रिलिज ‘सेक्रेट सुपरस्टार’ले चाइनिज बक्सअफिसमा ८ सय करोड माथिको कलेक्सन गरेको थियो ।