‘हुर्रे’मा केटा फसाउने केकी !

‘हुर्रे’मा केटा फसाउने केकी !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – यम थापाको लेखन/निर्देशन गरेको सिनेमा ‘हुर्रे’ प्रदर्शनको केहि साता मात्र टाढा छ । फागुन २५ लाई प्रदर्शन मिति तय गरेको सिनेमा प्रचारलाई तीव्र रुप दिन मोफसल टूरमा निक्लिएको छ ।

मोफसल टूरको पहिलो दिन विहिबार ‘हुर्रे’ टिमले पोखरामा प्रेसमिट गर्यो । कमेडी जानरामा बनेको सिनेमामा केकी अधिकारी, राजाराम पौडेल, अनुपबिक्रम शाही, अंकित खड्का, विजय बराल र अंकिता नापितको मुख्य भूमिका छ ।

पोखराको प्रेसमिटमा मुख्य कलाकार राजाराम पौडेलले सिनेमामा काम गर्दा आफुले १६ वर्षे जवान महसुस गरेको बताए । पाका उमेरका राजारामले यस सिनेमामा केकी अधिकारीसँग जोडी बाँधेका छन् । उसो त केकी र नीता ढुंगानासँग कम्मर मर्काएका दुई गीत सार्वजनिक समेत भैसकेका छन् ।

सिनेमामा प्रेमको मोह देखाएर केटा फसाउने भूमिका निर्वाह गरेकी केकीले ‘हुर्रे’को दर्शक प्रतिक्रिया कुरीरहेको बताइन । राजाराम र अंकितलाई प्रेम नाटकमा फसाएको सार्वजनिक ट्रेलरमा पनि देख्न सकिन्छ ।

‘हुर्रे’मा दावा शेर्पा (सेट्टी), सोनम लामा ब्लोन र छिरिङ दोर्जे लामाको लगानी छ ।