अनटाइटल थ्रिलरमा ऋतिक र टाइगर

अनटाइटल थ्रिलरमा ऋतिक र टाइगर

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडका दुई सिक्स प्याकवाला हिरो अब एकै सिनेमामा देखिने भएका छन् । ति हुन् ऋतिक रोशन र टाइगर श्रोफ 

बलिउड ट्रेड एनलिस्ट तरण आदर्शले शनिबार ट्वीट मार्फत सिनेमा निर्माणको अफिसियल जानकारी दिए । यसराज फिल्मसले निर्माण गर्ने सिनेमामा ऋतिक र टाइगरले पहिलो पटक स्क्रिन शेयर गर्नेछन् । यस अनटाइटल प्रोजेक्टमा ऋतिक टाइगरको गुरुको भूमिकामा रहने खुलाईए पनि टाइगरको भूमिका सार्वजनिक गरिएको छैन । त्यस्तै सिनेमामा वाणी कपूरको पनि मुख्य भूमिका रहनेछ ।

२९ वर्षे वाणीले २०१३ मा ‘शुद्ध देशी रोमान्स’बाट डेब्यु गरेकी थिइन् । गत वर्ष प्रदर्शनमा आएको ‘बेफिक्रे’बाट वाणी किस सिनका कारण अत्याधिक चर्चामा आएकी थिइन् । तर, वाणीको किस सिनले हलमा दर्शक तान्न सकेन ।

अगस्तबाट छायाँकनमा जाने अनटाइटल थ्रिलरलाई सिद्धार्थ आनन्दले निर्देशन गर्नेछन् । २०१९ को फेब्रुअरीसम्म छायाँकन सेड्युल रहेको सिनेमालाई आदित्य चोपडाले निर्माण गर्नेछन् । सिनेमाको अफिसियल टाइटल यहिँ बुधबार सार्वजनिक गरिनेछ । २०१९ अक्टुबर २ लाई सिनेमाको रिलिज डेट तय गरिएको छ । जहाँ सिनेमा बुधबार नै रिलिज हुनेछ ।