हिरोज गीत: करिश्मा र मुकेशको रोमान्टिक पल

हिरोज गीत: करिश्मा र मुकेशको रोमान्टिक पल

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री पुर्णिमा लामा निर्मित सिनेमा ‘हिरोज’को गीत सार्वजनिक भएको छ । ‘यो प्रित…’ बोलको गीतमा सदावहार अभिनेत्री करिश्मा मानन्धर र अभिनेता मुकेश ढकाल फिचरिङ छन् ।

बिकास चौधरीको संगीत रहेको गीतमा प्रबिशा अधिकारी र प्रल्हाद तिमिल्सिनाको स्वर रहेको छ । गीतको शब्द शंकर अधिकारी (घायल)ले लेखेका हुन् ।

बरिष्ठ द्धन्द्ध निर्देशक एनवि मर्हजन निर्देशित ‘हिरोज’मा बेरोजगारीको पीडा, महिला हिंसा, राजनैतिक बिकृति, अन्याय बिरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको निर्मात्री तथा अभिनेत्री लामाले बताएकी छन् ।

सिनेमामा करिश्मा र मुकेशका अलावा जयकिसन बस्नेत, पुर्णिमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसी लगायतका कलाकारको अभिनय छ ।

जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्माण भएको ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा हुन । भने, युवराज लामा, शेखर लामा र संजोग राणाको सिनेमामा लगानी छ । शिव ढकाल/रामशरण उप्रेतीले खिचेको सिनेमामा कमल राई/कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी र  शंकर महर्जनको द्धन्द्ध निर्देशन रहेको छ । सिनेमा चैत २३ गते सार्वजनिक प्रदर्शनमा आउनेछ ।