बक्सअफिस: वर्षका टप १० सिनेमा

बक्सअफिस: वर्षका टप १० सिनेमा

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – वर्ष २०१७ को विश्वव्यापी स्वागत भैसकेको छ । सिनेमा क्षेत्रको कुरा गर्दा नेपाली पछी नजिकको लाग्ने बलिउड (बम्बै सिनेमा क्षेत्र) नै हो । त्यसैले अंगेजी वर्षलाई फर्केर हेर्दा पहिला बलिउडलाई सम्झिदा गल्ति नहोला ।

आज हामि वर्ष १७ मा सर्वाधिक कमाई गर्ने बलिउड सिनेमाको बारेमा स्मरण गर्नेछौ । बलिउडमा वर्षेनी सय बढी सिनेमा प्रदर्शन हुन्छन । प्राय: सिनेमाको नेपालसम्म चर्चा हुने भएपनि केहि सिनेमा आए गएको पत्तो हुदैन । यो साल पनि बलिउडको बक्सअफिस एभरेज नै रह्यो । साना बजेटका सिनेमाले चकित पार्ने व्यापार गर्दा केहि आशा गरिएका सिनेमाले भने पानी माग्न पनि पाएनन ।

१० सुपरहिट, ५ हिट, १५ एभरेज हुँदा ३० सिनेमाले मात्र बक्सअफिसमा आफ्नो लगानी सुरक्षित गरे । त्यस मध्येमा १० सिनेमाले सय करोड (१ अर्व) भन्दा माथिको व्यापार गरेर मनग्य फाईदा कमाउन सफल भए । आज चर्चा गरौ यो वर्षका टप १० बक्सअफिस कलेक्सनको बारेमा:

१) बाहुबली २ (हिन्दी):

भारतीय बक्सअफिसमा ११ सय करोड माथिको व्यापार गर्न सफल सिनेमाले हिन्दी भर्सनमा मात्र ५ सय ११ करोड कमाई गर्यो । जुन कलेक्सन बलिउड बक्सअफिसको हिस्सामा पर्न आउँछ । यो हिन्दी भर्सनको एतिहासिक सर्वाधिक कलेक्सन हो । सिनेमाले भारतीय बक्सअफिसका सम्पूर्ण रेकर्ड तोड्दै विश्वव्यापी १७ सय करोड माथिको कलेक्सन गर्यो । यसको हिन्दी भर्सन तयार गर्न ९० करोड खर्च भएको थियो । एसएस राजमौलीले निर्देशन गरेको सिनेमामा प्रभास, राना दग्गुबती, अनुष्का सेट्टी, तमन्नाह, सत्याराज लगायतले अभिनय गरेका थिए ।

२) टाइगर जिन्दा हे:

सिनेमाले वर्षको अन्तिम दिनमा प्रदर्शनको दशौँ दिन पार गरेको छ । दशौँ दिनसम्मको व्यापारले सिनेमालाई दोश्रो स्थानमा ल्याईपुर्याएको छ ।  सलमान खान र कट्रिना कैफ स्टारर सिनेमाले २ सय ५५ करोड बढी कमाई गरिसकेको छ । सिनेमाको लाइफटाइम कलेक्सन ४ सय करोड नजिक पुग्ने अनुमान छ । यदि त्यसो भएमा वर्ष १७ दोश्रो सर्वाधिक ग्रसर बन्नेछ । अलि अब्बास जफर निर्देशित सिनेमा १ सय १५ करोडको बजेटमा निर्माण भएको हो ।

३) गोलमान अगेन:

यो सिनेमाले बलिउड बक्सअफिसमा २ सय ६ करोड कमाई गर्यो । अजय देवगन स्टारर सिनेमालाई रोहित सेट्टीले निर्देशन गरेका हुन् । कमेडी जानरामा निर्मित सिनेमामा ८० करोड लागत लागेको थियो ।

४) जुड्वा २:

सलमान खान अभिनित ‘जुड्वा’ प्रदर्शन भएको २० वर्ष पछी यसको रिमेक ‘जुड्वा २’ प्रदर्शनमा आयो । कमेडी जानराको सिनेमाले बक्सअफिसमा राम्रै पैसा छाप्यो । बरुण धवन, ज्यालिन फर्नान्डिज र तपसी पन्नु स्टारर सिनेमाले १ सय ३८ करोड कमाई गर्यो । डेभिड धवन निर्देशित सिनेमा ६५ करोडको बजेटमा निर्माण भएको थियो ।

५) रईस:

शाहरुख खानको लागि वर्ष १७ एभरेज रह्यो । ‘जब ह्यारी मिट सेजल’ बक्सअफिसमा नराम्रोसँग पिटिदा ‘रईस’ले भने ठिक्कैको व्यापार गर्यो । राहुल ढोलकिया निर्देशित सिनेमाको कमाई १ सय ३७ करोड रह्यो । सिनेमा १ सय ३० करोडको बजेटमा निर्माण भएको थियो ।

६) ट्वाइलेट एक प्रेम कथा:

२४ करोडको बजेटमा निर्मित सिनेमाले निर्मातालाई राम्रै फाईदा पुर्यायो । अक्षय कुमारको उकालो लागिरहेको करियरलाई सिनेमाले उचाई दिलायो । सिनेमाले १ सय ३४ करोड माथिको व्यापार गर्दै अक्षयको सर्वाधिक कमाउने सिनेमा बन्यो । सिनेमालाई श्रीनारायण सिंहले निर्देशन गरेका थिए ।

७) काबिल:

ऋतिक रोशन स्टारर सिनेमा ‘रईस’सँगै प्रदर्शनमा आएको थियो । सुरुवाती ठिक्कैको व्यापार गरेको सिनेमालाई माउथ पब्लिसिटीले सुपरहिट बनाईदियो । संजय गुप्ता निर्देशित सिनेमाले १ सय २७ करोडको कमाई गर्न सफल भयो । जसको बजेट ५० करोड थियो ।

८) ट्युबलाईट:

सलमान खान स्टारर सिनेमाले बक्सअफिसमा सोचे अनुरुपको व्यापार गर्न सकेन । त्यैपनि वर्षको सर्वाधिक कमाउने सिनेमाको सुचीमा आठौँ नम्बरमा अटाएको छ । १ सय ३५ करोडको बजेटमा निर्माण भएको सिनेमाले १ सय २१ करोड मात्र आम्दानि गर्दा फ्लपको सुचीमा समेटिन पुग्यो । ‘ट्युबलाईट’लाई कबिर खानले निर्देशन गरेका हुन् ।

९) जोली एलएलबी २:

साल ०१६ पछाडी अक्षय कुमारका सिनेमाले लगातार बक्सअफिसमा सय करोड माथिको व्यापार गरिरहेका छन् । जसमध्ये ‘जोली एलएलबी २’ पनि अटाएको छ । ४५ करोडको बजेटमा निर्मित सिनेमाले १ सय १७ करोड कमायो । सिनेमालाई सुभास कपूरले निर्देशन गरेका थिए ।

१०) बद्रिनाथकी दुल्हनिया:

बरुण धवन र आलिया भट्ट अभिनित सिनेमाले १ सय १६ करोडको व्यापार गर्यो । यो २०१४ मा हिट भएको सिनेमा ‘हम्टि शर्माकी दुल्हनिया’को सिक्वेल हो । ‘दुल्हनिया’ फ्रेनचाइजको अर्को अनटाइटल सिनेमा पनि घोषणा भैसकेको छ । शुशांक खेतान निर्देशित सिनेमा ४५ करोडको बजेटमा निर्माण भएको हो ।