पुर्णिमाको ‘हिरोज’ ट्रेलरमा करिश्मादेखि मुकेशसम्म !

पुर्णिमाको ‘हिरोज’ ट्रेलरमा करिश्मादेखि मुकेशसम्म !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – चैत २३ गते रिलिज मिति तोकिएको सिनेमा ‘हिरोज’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक प्रेसमिट गरि सिनेमाको ट्रेलर रिलिज गरियो । ट्रेलरमा सदावहार अभिनेत्री करिश्मा मानन्धरलाई पनि देख्न सकिन्छ ।

करिश्माको अभिनय लामो समय पश्चात ‘हिरोज’मा देख्न सकिनेछ । साथै, व्यावसायिक ट्रेलरमा मुकेश ढकाल, दिनेश डिसी, जयकिशन बस्नेत, पुर्णिमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति पनि अटाएका छन् ।

बरिष्ठ द्धन्द्ध निर्देशक एनवि मर्हजन निर्देशित ‘हिरोज’लाई अभिनेत्री पुर्णिमा लामाले निर्माण गरेकी हुन् । सिनेमामा बेरोजगारीको पीडा, महिला हिंसा, राजनैतिक बिकृति, अन्याय बिरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको निर्मात्री तथा अभिनेत्री लामाले बताएकी छन् ।

जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्माण भएको ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा हुन । भने, युवराज लामा, शेखर लामा र संजोग राणाको सिनेमामा लगानी छ । शिव ढकाल/रामशरण उप्रेतीले खिचेको सिनेमामा कमल राई/कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी र  शंकर महर्जनको द्धन्द्ध निर्देशन रहेको छ ।