करिश्मा र पुर्णिमाको ‘हिरोज’ रिलिज डेट घोषणा

करिश्मा र पुर्णिमाको ‘हिरोज’ रिलिज डेट घोषणा

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – केहि बर्ष पहिले निर्माण भएर पोष्ट प्रोडक्सनमा रहेको सिनेमा ‘हिरोज’ अब चैत २३ गते रिलिज हुने भएको छ । अभिनेत्री पुर्णिमा लामाले निर्माण गरेको सिनेमालाई बरिष्ठ द्धन्द्ध निर्देशक एनवि मर्हजनले निर्देशन गरेका हुन ।

अब चैत २३ गते देखि रिलिज हुने सिनेमामा बेरोजगारीको पीडा, महिला हिंसा, राजनैतिक बिकृति, अन्याय बिरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको निर्मात्री तथा अभिनेत्री लामाले बताइन । ‘हिरोज’मा करिष्मा मानन्धर, मुकेश ढकाल, जयकिसन बस्नेत, पुर्णिमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले अभिनय गरेका छन् ।

जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्माण भएको ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा हुन । भने, युवराज लामा, शेखर लामा र संजोग राणाको सिनेमामा लगानी छ । शिव ढकाल/रामशरण उप्रेतीले खिचेको सिनेमामा कमल राई/कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी र  शंकर महर्जनको द्धन्द्ध निर्देशन रहेको छ ।