‘ह्याप्पी डेज’ नयाँ रिलिज मिति घोषणा

‘ह्याप्पी डेज’ नयाँ रिलिज मिति घोषणा

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – माघ १२ बाट अलनेपाल रिलिजको तयारि थालेको सिनेमा ‘ह्याप्पी डेज’ बलिउड सिनेमा ‘पद्मावत’का कारण पोस्टपोन्ड भएको थियो ।

रिलिज अन्योल रहेको सिनेमाले नयाँ रिलिज मिति तय गरेको छ । सिनेमाका निर्देशक मिलन चाम्सले दिएको जानकारी अनुसार ‘ह्याप्पी डेज’ अब चैत १६ मा रिलिज हुने भएको छ ।

चैत ३० मा मिलन निर्देशित ‘लिलिबिली’ पोस्टपोन्ड भएपछी चैतमा ‘ह्याप्पी डेज’ आउने कन्फर्म भएको हो । चैत १६ मा अहिलेसम्म अन्य सिनेमाले रिलिज मिति नतोक्दा ‘ह्याप्पी डेज’ सिंगल आउने सम्भावना जिवितै छ ।

साढे २ करोडको बजेटमा निर्माण भएको सिनेमामा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रुपमा रहेका छन् ।

चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्मित सिनेमामा दयाहाङ राई, प्रियंका कार्की,  संजय गुप्ता, दीया पुन, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल अभिनय छ ।