HBD: सिद्धार्थ र करणको बढ्दो निकटता

HBD: सिद्धार्थ र करणको बढ्दो निकटता

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेता सिद्धार्थ मलहोत्राको आज ३३ औं जन्मदिन हो । २०१२ मा करण जोहर निर्देशित ‘स्टुडेन्ट अफ द ईयर’बाट अभिनयमा डेब्यु गरेका सिद्धार्थले सोमबार राती आफ्नो घरमा जन्मदिन साँझ मनाए ।

जन्मदिन साँझमा सिद्धार्थले करणलाई ‘चिफ गेस्ट’को रुपमा आमन्त्रित गरेका थिए । नजिकका व्यक्तित्वको लागी मात्र आयोजना गरिएको जन्मदिन उत्सवमा सिद्धार्थको प्रेमिका भनिएकी आलिया भट्ट भने उपस्थित भइनन । उनि रणवीर सिंह सँगको ‘गली व्वाय’को छायाँकनमा व्यस्त थिइन् ।

बलिउडमा पछिल्लो समय सिद्धार्थ र करण काफी नजिक मानिन्छन । सिद्धार्थले जोडिएका १० सिनेमा मध्ये ७ सिनेमामा करणको संलग्नता छ । सिद्धार्थले पहिलो पटक करण निर्देशित ‘माई नेम इज खान’मा सहनिर्देशनको काम सम्हालेका थिए । ‘स्टुडेन्ट अफ द ईयर’को डेब्यु पछी ‘हासी तो फसी’, ‘ब्रदर्स’, ‘कपूर एण्ड सन्स’, ‘बार बार देखो’, ‘अ जेन्टलम्यान’ र ‘इत्तेफाक’मा सिदार्थले अभिनय गरे । जुन सिनेमामा करणको पनि लगानी थियो ।

सिदार्थसँगै डेब्यु गरेका आलिया र बरुण धवन बलिउडमा स्थापित भैसकेका छन् । यी दुईको तुलनामा सिद्धार्थको करियरले भने उतारचढाव थेगीरहनु परेको छ ।

बलिउडमा अहिले करणकै कारण मात्र सिद्धार्थले सिनेमा पाईरहेको भन्ने खालका चर्चा सुरु भैसकेका छन् । सिदार्थ अभिनित ‘ऐयारी’ जनवरी २५ मा रिलिज हुँदै थियो । तर, उक्त मितिमा ‘पद्मावत’ रिलिज हुने भएपछी ‘ऐयारी’ फेब्रुअरी ९ पुगेको छ ।

सिदार्थ अभिनित पछिल्ला तिन सिनेमाले बक्सअफिसमा खासै राम्रो प्रदर्शन गर्न सकेकन । अब, ‘ऐयारी’ सफल हुन् जरुरि छ । यसको प्रचारको लागी करणले पनि निक्कै सहयोग गरिरहेको बलिउड मिडियाहरुले लेखेका छन् ।