५२ पुगे ‘टाइगर’, यस्तो रह्यो सलमानको करियर !

५२ पुगे ‘टाइगर’, यस्तो रह्यो सलमानको करियर !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – आज तदनुसार डिसेम्बर २७ मा बलिउड अभिनेता सलमान खानको जन्मदिन परेको छ । सलमान आजैकै दिन ५२ वर्ष अगाडी पिता सलिम खान र माता सुशिला चरकको काखबाट मध्यप्रदेशको इन्डोरमा जन्मिएका थिए ।

पिता सलिम स्क्रिप्ट राइटर हुन् । बलिउडकी चर्चित अभिनेत्री हेलेन सलमानकी सौतेनी आमा हुन् । अरबाज खान र सोहिल खान सलमानका दुई भाईहरु हुन् । जो बलिउडमै छन् | अल्भिरा खान बहिनि भए पनि सलमानकी अर्की अर्पिता खान धर्मबहिनि हुन् । बलिउडमा भिजे मार्फत छुटै चर्चा कमाएकी मलाइका अरोरा खान सलमानकी बुहारी हुन् ।

सलमानले १९८८ मा ‘वीवी हो तो एइसी’बाट सहायक भूमिकामा अभिनय यात्रा प्रारम्भ गरेका थिए । तर, उक्त सिनेमामा उनको आवाज रेकर्ड भएको थिएन । त्यसको एक वर्षपछी सूरज बर्जत्यको ‘मैने प्यार किया’मा अभिनय गरे पश्चात यी अभिनेताको बलिउड यात्रा सुरु भयो । यहिँ सलमानको डेब्यु सिनेमा मानिन्छ ।

बलिउडमा ३ दशक बढी बिताईसकेका यी अभिनेताले ७६ बढी सिनेमामा मुख्य भूमिकामा अभिनय गरेका छन् । त्यसमध्ये अधिकाँस सिनेमा बक्सअफिसमा सफल छन् । विशेष गरि सलमानले २०१० पछीको वर्तमान दर्शकमा सर्वाधिक फ्यान फ्लोविङ कमाएका छन् । यो विचको समयमा रिलिज भएका सलमानका सम्पूर्ण सिनेमाले १ अर्व भन्दा माथिको व्यापार गरिरहेका छन् ।

सलमानले आफ्नो करियरमा विभिन्न विधामा गरि २ राष्ट्रिय र २ फिल्मफेयर अवार्ड हात पारिसकेका छन् । तर, यी अवार्ड उनले उत्कृष्ट अभिनेताको विधामा भने हात पारेका होइनन । अन्य अवार्ड भने ६८ ओटा हात पारेका छन् ।

सलमानको करियरमा सर्वाधिक बढी कमाई गर्ने सिनेमा ‘बजरंगी भाइजान’ हो । जसले भारतीय बक्सअफिसमा ३ सय २० करोड माथिको व्यापार गर्न सफल भएको थियो । ५२ वर्ष पुगिसक्दा पनि यी अभिनेता अविवाहित नै छन् । ९० को दशकमा विश्वसुन्दरी तथा बलिउड अभिनेत्री एश्वर्य रायसँग सलमानको लभ अफेयर थियो । अभिषेक बच्चनसँग विवाह गरेकी एश्वर्यले एक छोरीलाई समेत जन्म दिईसकेकी छन् । अहिले सलमान युलिया भंतुरसँगको प्रेममा छन् ।

‘टाइगर जिन्दा हे’, ‘बजरंगी भाइजान’, ‘एक था टाइगर’, ‘वीर’, ‘क्यु की’, ‘बागवन’, ‘हम साथ साथ हे’, ‘हम दिल दे चुके सनम’, ‘कुच कुच होता हे’, ‘खामोशी: द म्युजिकल’, ‘तेरे नाम’, ‘हम आपके हे कौन’, ‘मैने प्या किया’ जस्ता राम्रा सिनेमा सलमानले दिईसकेका छन् ।

सलमानलाई द सिनेमा टाइम्सको तर्फबाट जन्मदिनको शुभकामना !