२१ लागिन् आँचल, कसले गर्यो पहिलो ‘विस’ ?

२१ लागिन् आँचल, कसले गर्यो पहिलो ‘विस’ ?

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री आँचल शर्मा (दवाडी)को आज जन्मदिन परेको छ । आँचल पछिल्लो समयकी चर्चामा रहेकी यी सुन्दरीले आजबाट २१ वर्षमा प्रवेश गरेकी छन् ।

बि.स. २०५४ साल चैत ५ गते, बुबा उत्तम दवाडी र आमा मीरा दवाडीको कोखबाट जेठी छोरीको रुपमा जन्मिएकी आँचल चुलबुले र चन्चले स्वभावकी छन् । अहिले ब्याचलर थर्ड ईयरमा अध्यनरत आँचलले पढाईसँगै करियरलाई पनि अगाडी बढाईरहेकी छन् । उनको ‘शत्रु गते’ सिनेमा चैत ९ गते प्रदर्शन हुदैछ । यो प्रदर्शनका हिसावले आँचलको तेस्रो सिनेमा हो ।

मोडलिङ हुँदै सिनेमामा प्रवेश गरेकी आँचलले बिकास आचार्यको ‘नाई नभन्नु ल ५’बाट डेब्यु गरिन् । जुन सिनेमा बक्स अफिसमा हिट भयो । त्यसपश्चात गरेको ‘जोनी जेन्टलम्यान’ प्रदर्शन भैसकेको छ । भने, ‘शत्रु गते’ पछी ‘ब्ल्याक’ प्रदर्शन हुनेछ । भर्खरै ४ सिनेमा मात्र गरेपनि आँचलको चर्चा सिनेवृतमा राम्रै हुने गर्छ ।

२१ औं जन्मदिन विशेष: आँचललाई पहिलो ‘विस’ गर्ने उनकी साथि सैजेल हुन् । आँचलले एकाविहानै कुसुन्तीस्थित वृद्दआश्रम ‘नेपाल स्नेही काख’मा पुगेर जन्मदिन मनाइन । २१ वर्षमा टेकेसँगै आफुलाई ज्ञानी बनाउने, बुद्दती बनाउने, सबैलाई सहयोग गर्ने, सकारात्मक सोच लिएर अगाडी बढ्ने आँचलको सोच छ । त्यस्तै उनले भविष्यको त्यस्तो केहि प्लान गरेकी छैनन् । बस आफुलाई राम्रो होस्, स्वास्थ्य राम्रो होस्, आफुमा नराम्रा कुराको सुधार आओस भन्ने कामना मात्र गरेकी छन् । उनि भन्छिन् ‘नराम्रा बानि सुधार्न सकियो भने कुनै लक्ष्यनै बोक्नु पर्दैन । आफै सफल भइन्छ ।’

नारिप्रधान सिनेमा गर्ने सोच: भविष्यमा आँचल नारीप्रधान सिनेमा गर्ने सोचमा छिन् । नारी ससक्तिको विषय उठाइएको सिनेमामा अभिनय गर्ने इछ्या राखेकी आँचलले ‘शत्रु गते’मा रियल लाइफ भन्दा भिन्नै भूमिका गरेको बताउछिन् । ‘नाई नभन्नु ल ४’ र ‘जोनी जेन्टलम्यान’को क्यारेक्टर आफु जस्तै लाग्थ्यो रे आँचललाई । तर, ‘शत्रु गते’मा ड्रिंक्स लिने, क्लब जाने केटिको भूमिका निर्वाह गरेकी छन् ।

द सिनेमा टाइम्सको तर्फबाट आँचललाई जन्मदिनको सुभकामना

फोटो: कुशल राई