कान्छा निर्देशक सौगातको ‘हैरान’ रिलिज कन्फर्म

कान्छा निर्देशक सौगातको ‘हैरान’ रिलिज कन्फर्म

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – विश्वकै कान्छा निर्देशक सौगात बिष्टले निर्देशन गरेको दोस्रो सिनेमा ‘हैरान’को रिलीज डेट फाइनल गरिएको छ । अब सिनेमा जेष्ठ ४ गतेबाट अलनेपाल रिलीज हुने भएको छ । सिनेमालाई उपत्यका भित्र माधव वाग्लेको पपकर्न पिक्चर्स र उपत्यका बाहिर मनोज राठीले वितरण गर्ने सम्झौता गरिएको कार्यकारी निर्माता सम्झना पोख्रेलले बताइन ।

कमेडी जनरामा निर्माण गरिएको सिनेमामा गजित बिष्ट, सत्यराज आचार्य, सरोज खनाल, मोहमद वसिम राजा, बुद्धि तामाङ, निश्मा घिमिरे, आरोही शर्मा, पुष्कर रेग्मी, सागर लम्साल, एन्जल राई लगायतका कलाकारले मुख्य भुमिकामा अभिनय गरेका छन । डान्स फेभरको ब्यानरमा निर्मित सिनेमामा मुक्ति घले , सृष्टि घिमिरे, डाक्टर वाई.एल. लामा लगानी रहेको छ । भने, सम्झना पोखरेल सिनेमाकी कार्यकारी निर्मात्री हुन ।

सिनेमामा कथा तथा कोरियोग्राफी गम्भीर बिष्ट , द्वन्द चन्द्र पन्त , संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेको छ । सिनेमामा नवराज उप्रेती र निरज कडेलको छायाँकन , अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।