मुम्बईको गलीमा के गर्दैछन् रणवीर र आलिया ?

मुम्बईको गलीमा के गर्दैछन् रणवीर र आलिया ?

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडका युवास्टार रणवीर सिंह र आलिया भट्ट जोया अख्तरले निर्देशन गरिरहेको नयाँ सिनेमामा पहिलो पटक सँगै देखिदै छन् ।

मुम्बईको चाल्समा बस्ने स्ट्रिट र्यापरको कथामा निर्माण भैरहेको ‘गली व्वाय’मा रणवीर र आलिया अख्तरको एक्सन कटमा रमाईरहेका छन् ।

जुन सेटबाट आलिया र रणवीरका केहि तस्विरहरु सार्वजनिक भएका छन् । जहाँ यी दुई कलाकारलाई बिल्कुलै नयाँ रुपमा देख्न सकिन्छ । यी दुईले यसअघि एक विज्ञापनमा अभिनय गरिसकेका छन् । बक्सअफिसमा राम्रै पैसा छाप्न सक्ने नयाँ कलाकारको भिडमा यी दुई अग्रपंतिमा आउछन ।

छायाँकनरत यस सिनेमालाई अभिनेता फरहान अख्तर र रितेश सिधवानी मिलेर निर्माण गर्न लागेका हुन् । सिनेमाको अन्य कास्टको बारेमा जोयाले जानकारी दिएकी छैनन् ।

जोया निर्देशित ‘लक बाई चान्स’, ‘जिन्दगी ना मिलेगी दोवारा’, ‘बम्बै टाकिज’ र ‘दिल धड़कने दो’लाई दर्शकले प्रशंसा गरेका थिए ।