पद्मावत: युट्युबमै कसरि सम्पादन गरियो ‘घूमर’ भिडियो ?

पद्मावत: युट्युबमै कसरि सम्पादन गरियो ‘घूमर’ भिडियो ?

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – संजयलीला भन्साली निर्देशित ‘पद्मावत’ रिलिज मिति नजिकिदै गर्दा विभिन्न तनाव र विवादबाट मुक्त हुदै गैरहेको छ ।
पछिल्लो रिपोर्ट अनुसार, भारतका चार राज्यमा प्रतिबन्ध गरिएको सिनेमालाई सर्वोच्च अदालतले फुकुवाको निर्णय दिएपछी ‘पद्मावत’ टिमको लागी राहत भैसकेको छ ।

रानी ‘पद्मिनी’को इतिहाँस विपरित सिनेमा बनाएको भन्दै राजपुतन समुदायले विरोध जनाएपछी ‘पद्मावत’ पुर्वनिर्धारित डिसेम्बर १ मा रिलिज हुन् पाएको थिएन । सेन्सर बोर्डले सिनेमामा पाँच संसोधन पछी नाम परिवर्तन गर्न निर्देशन दिए पछी ‘पद्मावत’ रिलिज हुने वातावरण बन्यो ।

नयाँ मिति सार्वजनिक गरेसँगै पहिले सार्वजनिक गरिएका प्रचारका सामग्रीमा पनि निर्माण टिमले परिवर्तन गरेको छ । पोस्टरमा ‘पद्मावती’ नाम हटाएर ‘पद्मावत’ बनाएको टिमले केहि दिन अगाडी ‘पद्मावत’ नामको ट्रेलर पनि रिलिज गरिसकेको छ । ‘पद्मावती’ ट्रेलर युट्युबबाट ‘डिलिट’ समेत गरिएको छ ।

अहिले आएर ‘घूमर’ गीतलाई समेत निर्माण पक्षले सम्पादन गरेको छ । दीपिका नाँचेको गीतमा उनको कम्मर र नाइटो देखिदा राजपुतनहरुको विरोध थियो । उनिहरुले युट्युबबाट उक्त गीत हटाउन र गीत सार्वजनिक गर्नु परेमा नयाँ सुट गर्न निर्देशन दिएका थिए ।


रिलिज मिति निजिकै गीत सुट गर्ने वातावरण नदेखिए पछी निर्माण पक्षले सिजीआई(कम्प्युटर जेनेरेट इमाजेरी)को सहयोग लिएको छ । सिजिआईले युट्युबमै भिडियो सम्पादन गरिदिएको छ । त्यहाँ अहिले दीपिकाको नाइटो कम्मर देख्न पाइने छैन, भने ‘पद्मावती’ नाम परिवर्तन गरेर ‘पद्मावत’ बनाईएको छ । गीतको भिडियोमा पहिलेकै भ्युज यथावत छ ।

जनवरी २५ मा रिलिज हुने सिनेमामा रणवीर सिंह, दीपिका पादुकोण, साहिद कपूरको मुख्य भूमिका छ ।