कस्तो लाग्यो भन्नुस, ‘ग्याङस्टर ब्लुज’को पोस्टर ?

कस्तो लाग्यो भन्नुस, ‘ग्याङस्टर ब्लुज’को पोस्टर ?

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ । भदौ २ गते प्रदर्शनमा आउँन लागेको सिनेमा ‘ग्याङस्टर ब्लुज’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा सिनेमाले प्रचार सामग्री सार्वजनिक गर्दै आईरहेको छ ।

यसअघि रिलिज ट्रेलर र टिजरबाट सिनेमाले राम्रो प्रतिक्रिया पाएको छ । त्यस्तै केहि समय अगाडी सिनेमाको एक गीत पनि सार्वजनिक गरिएको थियो । पोस्टरको पृष्ठभुमिमा सिनेमाका प्रमुख कलाकार आना शर्मा र आशिरमान देशराज जोशी मलिन मुद्रामा प्रस्तुत भएका छन् । भने, अगाडी यी दुईलाई भाग्दै गरेको अवस्थामा देख्न सकिन्छ ।

सरोज न्यौपानेले निर्माण लगानी गरेको सिनेमालाई हेमराज विसीले निर्देशन गरेका हुन् । यो सिनेमामा आशिरमान र आनासँगै संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरि, अरुणा कार्की, नरेश पौडेल लगायतका कलाकारको अभिनय छ ।