पर्दामा झरना र निताको सिनेमा !

पर्दामा झरना र निताको सिनेमा !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – फ्राइडे रिलिज अन्तर्गत यो साता दुई नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । स्वर्गीय निर्देशक दीपक रायमाझी निर्देशित ‘डेस्टिनेशन काठमाडौँ’ र शिवम अधिकारी निर्देशित ‘पंचायत’ यो साताका फ्रेस नेपाली सिनेमा हुन् । चर्चा गरौ यी दुई सिनेमाको बारेमा ।

पंचायत:

५० वर्ष अगाडीको सामाजिक संरचना र उक्त समयका किशोरीहरुको यौन मनोबिज्ञानलाई समाजले हेर्ने दृष्टिकोण प्रस्तुत गरिएको सिनेमामा सरोज खनाल, रुपा राना, निता ढुंगाना, गणेश गिरी, जाहन्वी बस्नेत, गीता अधिकारी, विशाल पहाडी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

एक साता अगाडी सिनेमाले राजधानीमा भिआइपी शो आयोजना गरेको थियो । जहाँ प्रमुख दलका शिर्ष नेताहरुको उपस्थिति थियो । सिनेमा हेरे पश्चात नेताहरुले सिनेमाको कथाबस्तु र कलाकारहरुको अभिनयको खुलेर तारिफ गरेका थिए । ‘पंचायत’ले अमेरिकाको सनफ्रान्सीस्को इन्टरनेशनल फिल्म फेस्टिवलमा उत्कृष्ट अभिनेत्री र उत्कृष्ट सिनेमाको अवार्डसमेत जितेको थियो ।

‘पंचायत’मा टंक बुढाथोकीको संगीत, रामेश्वर कार्कीको छायाँकन, विपिन मल्लको सम्पादन रहेको छ । गणेश गिरी प्रस्तुतकर्ता रहेको ‘पंचायत’को निर्मातामा सुशान्त कुमार श्रेष्ठ र शंकर प्रसाद सुवेदी छन् । सिनेमाका कार्यकारी निर्माता रवी अधिकारी हुन् । भने, सहनिर्मातामा मेनुका प्रधान रहेकी छन् ।

डेस्टिनेशन काठमाडौँ –

स्वर्गीय निर्देशक दीपक रायमाझीको ड्रिम प्रोजेक्ट निर्माण सकिएको लामो समय पश्चात सार्वजनिक प्रदर्शनमा आउँन लागेको हो । विदेशीलाई नेपालप्रति आकर्षित गराउदै देशको पर्यटन क्षेत्रको विकासमा सहयोग पुर्याउनुका साथै देशको राजनीति परिवेशले पारेको प्रभावको विषयमा केन्द्रित सिनेमालाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्ने लक्ष्य निर्देशक रायमाझीको थियो । तर, उनको असामयिक निधनका कारण विचमै सिनेमा निर्माण रोकिन पुग्यो । रायमाझीको निधन पछी ‘डेस्टिनेशन काठमाडौँ’ मदुसुदन भट्टराईको कार्यकारी निर्देशनमा पुरा भएको हो ।

सिनेमामा दीलिप रायमाझी, झरना थापा, सहारा मावबे, केशब भट्टराई, बिक्रम मल्ल ठकुरी, रवी गिरी, विकाश चापागाई, नरेन्द्र थापा, रामचन्द्र अधिकारी, रश्मि भट्ट, रोशनी सापकोटाका साथै बालकलाकार सृजेश अधिकारी, सत्यम अधिकारी र युनिषा लामिछाने प्रमुख भूमिकामा रहेका छन् ।

१ करोड बढी बजेटमा शरद अधिकारीले निर्माण गरेको सिनेमामा राजु थापा/सौरभ लामाको छायाँकन, निखिल विश्वास/रमेश खड्का र राजन तिमिल्सिनाको संगीत छ ।