देशभर दयाहाङ र श्वेताको ‘कान्छी’ रिलिज

देशभर दयाहाङ र श्वेताको ‘कान्छी’ रिलिज

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – दयाहाङ राई र श्वेता खड्का अभिनित सिनेमा ‘कान्छी’ आज देशभरका ६० बढी हलबाट प्रदर्शनमा आएको छ ।

‘चरी चट्ट परि’ गीतको सफलता, ‘कोहिनूर’ पछी श्वेताको कमब्याक र दयाहाङ राईका कारण सिनेमाले राम्रो व्यापार गर्न सक्ने सङ्केत देखाएको छ । मल्टीप्लेक्समा समेत राम्रो सोज पाएको ‘कान्छी’ले विहानी सोजमा राम्रो अकुपेन्सी कायम गरेको छ ।

शुक्रबार राजधानीको बिग मुभिजमा गरिएको प्रेस सोबाट सिनेमाले राम्रो प्रतिक्रिया बटुल्न सफल भयो । सिनेमामा श्वेतासँगै शैलेश खड्का र रविन खड्काले पनि लगानी गरेका छन् ।

आकाश अधिकारी निर्देशित सिनेमामा दयाहाङ र श्वेताका अलावा निर शाह, अनु शाह, आशान्त शर्मा, कामेश्वर चौरसिया, प्रज्वलसुजल गिरी, विनोद न्यौपाने, भूमिका श्रेष्ठको पनि अभिनय छ । अर्जुनसँगै राजनराज सिवाकोटी पनि संगीत रहेको ‘कान्छी’मा पुरुषोत्तम प्रधानको छायाँकन छ ।