‘शेरबहादुर’ हेर्ने कि ‘पटुकी’ ?

‘शेरबहादुर’ हेर्ने कि ‘पटुकी’ ?

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबारबाट नेपाली हलहरुमा ‘शेरबहादुर’ र ‘पटुकी’ रिलिज भएका छन ।

सस्पेन्स थ्रिलर ‘शेरबहादुर’मा बरिष्ठ कलाकार सुनील थापाका साथ कर्मा, मेनुका प्रधान, रविन्द्र झा, जान्बी बोहरा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । भने, ‘पटुकी’मा रजनी केसी र म्याक्टेन कालुको मुख्य भुमिका रहेको छ ।

‘शेरबहादुर’लाई आर राजवंशीले निर्देशन गरेका हुन । भने, गौरी शंकर धुजु र धिरज राजवंशीको लगानी रहेको छ । धिराज प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमाको कथा प्रमोद क्षेत्रीको हो ।

‘जात्रा’ निर्देशक प्रदिप भट्टराईको सहनिर्देशन रहेको सिनेमालाई दीर्घ गुरुङले खिचेका हुन ।

यस्तै नारीप्रधान सिनेमा भनिएको ‘पटुकी’मा रजनी र म्याक्टेन कालुका अलवा जेम्स विसी,दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । म्याक्टेन कालुको निर्माणमा बनेको सिनेमालाई राम नेपालले निर्देशन गरेका हुन् । सिनेमामा राजनराज सिवाकोटीको संगीत, अभिषेक पौडेलको सम्पादन, सानु कुमार महर्जनको द्वन्द, शिव विकको करियोग्राफी र लक्ष्मण घिमिरेको छायांकन छ ।