विकास बोर्डद्वारा सिनेकर्मीलाई भत्ता र सहयोग

विकास बोर्डद्वारा सिनेकर्मीलाई भत्ता र सहयोग

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – चलचित्र विकास बोर्डको ‘चलचित्र कल्याणकारी कोष’बाट चार अस्वस्थ सिनेकर्मीलाई मासिक भत्ता तथा रकम सहयोग गरिएको छ । बोर्ड अध्यक्ष निकिता पौडेल, कोष संयोजक बसुन्धरा भुसाल, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामासहितको टोलि सोमबार सिनेकर्मी भएकै ठाउँमा पुगेर स्वास्थ्य स्थिति बुझि रकम हस्तान्तरण गरे ।

सिनेकर्मी तथा साहित्यकार हरिप्रसाद रिमाल र वरिष्ट सिनेकर्मी जयनेन्द्र चन्द्र ठाकुरलाई चार महिना देखि रोकिएको मासिक भत्ता, त्यस्तै वरिष्ट मेकअप आर्टिस्ट इन्द्र लामा र सफल लेखक/निर्देशक मौनता श्रेष्ठलाई जनही १/१ लाख रुपैया हस्तान्तरण गरियो ।

बोर्ड अध्यक्ष रिक्त भएपछी विगत चार महिना देखि ‘चलचित्र कल्याणकारी कोष’को रकम रोकिएको थियो । निकिता पौडेलको नियुक्तिसँगै कल्याणकारी कोष पुन: काममा फर्किएको छ । कोषले सिनेमा क्षेत्रमा योगदान दिने सिनेकर्मीलाई सहयोग खाँचो परेको बेला सहयोग गर्दै आईरहेको छ ।

हरिप्रसाद रिमाल, जयनेन्द्र चन्द्र ठाकुर र मौनता श्रेष्ठ लामो समय देखि अस्वस्थ छन् । भने, इन्द्र लामाको किड्नी फेल भएपछी हाल मनमोहन अस्पताल स्वयम्भुमा उपचाररत छन् ।

सिनेमा क्षेत्रको विकास, प्रवर्द्धन र संवर्द्धनका लागि स्थापित चलचित्र विकास बोर्डले यो कामसँगै सिनेमा क्षेत्रको विकासमा महत्वपुर्ण भुमिका खेल्ने सिनेकर्मीहरुको सम्मान, सहयोग र सदभावलाई आत्मसाथ गर्दै आफु अघि बढ्ने अध्यक्ष पौडेलले बताइन ।