सभ्य व्यक्तिको असभ्य कामको नतिजामा ‘फल्ट’ !

सभ्य व्यक्तिको असभ्य कामको नतिजामा ‘फल्ट’ !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमा ‘फल्ट’ निर्माण हुने भएको छ । सुर्य जिसीको निर्देशनमा निर्माण हुने सिनेमाको मंगलबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि निर्माण घोषणा गरियो ।

समाजमा आफुलाई सभ्य भन्ने व्यक्तीले नकरात्मक काम गर्दा त्यसले समाजमा पार्ने प्रभाव नै सिनेमाको मुख्य कथा निर्देशकले बताए । इञ्जोय मुभिजको ब्यानरमा निर्माण हुने सिनेमाका निर्माता सन्तोष काफ्ले हुन । ‘फल्ट’मा शुभ आचार्य, देवराज अधिकारी, निशा श्रेष्ठ, अनिल थापा र सगुन पोखरेल लगायतका कलाकारको मुख्य भुमिका रहने छ ।

पुर्व सभामुख तथा एमाले नेता सुवास नेम्बाङ प्रमुख अतिथी रहेको घोषणा कार्यक्रमा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र प्रहरी अतिरिक्त नायब महानिरिक्षक सुदीप आचार्यले सिनेमालाई सफलताको शुभकामना दिएका थिए ।

फागुन पहिलो साताबाट प्लोरमा जाने सिनेमाको कथा सुवास काफ्ले तयार पारेका हुन । भने, सुवास जिसीको पटकथा तथा संवाद, बसन्त सापकोटाको संगीत, विश्व देवकोटाको गीत र बासु बरालको छायाँकन रहनेछ । इलाम, झापा, मोरङ र काठमाडौंमा छायांकन हुने सिनेमा २०७५ को वैशाख तेस्रो साता रिलिज हुने निर्माण पक्षले जनाएको छ ।