दोस्रो ‘फान’ अवार्ड चैतमा

दोस्रो ‘फान’ अवार्ड चैतमा

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाल चलचित्र कलाकार संघले दोस्रो संस्करणको ‘फान’ (फिल्म आर्टिस्ट एसोसिएसन अफ नेपाल) अवार्ड घोषणा गरेको छ ।  एक प्रेसमिटका विच घोषणा गरिएको दोस्रो संस्करणमा २४ विधाका अवार्ड बाँडिने संघका अध्यक्ष रामकेशर बोगटीले जानकारी दिए ।

चैत १६ गते आर्मी अफिसर्स क्लबमा भव्य रुपमा सम्पन्न हुने ‘फान’ अवार्डसँग ‘कि एडभरटाईजिङ’ कम्पनिले व्यावसायिक सहकार्य गरेको छ ।

यस पटकको संस्करणमा कथा, पटकथा, संवाद, नृत्य निर्देशन, द्वन्द्व निर्देशन, गीतकार, गायक, गायिका, संगीतकार, सम्पादक, छायाँकार, नव-निर्देशन, चरित्र अभिनेता, चरित्र अभिनेत्री, नव-अभिनेत्री, नव-अभिनेता, सह-अभिनेत्री, सह-अभिनेता, खलपात्र, हाँस्यकलाकार, अभिनेत्री, अभिनेता, सिनेमा र निर्देशनको विधा छन् ।

‘फान’को घोषणा सभामा ‘कि एडभरटाईजिङ’ का नवनिर्वाचित कार्यसमितिलाई कलाकार संघले सम्मान पनि गरेको थियो ।