Exclusive: ‘भैरे’ सुटिङमा यसरी हुँदैछ मस्ती ! (१० तस्विर)

Exclusive: ‘भैरे’ सुटिङमा यसरी हुँदैछ मस्ती ! (१० तस्विर)

The Cinema Times

सिपी जैसी, काठमाडौँ – मंसीर ५ गते देखि अपर मुस्ताङबाट छाँयाकन सुरु भएको सिनेमा ‘भैरे’को यतिबेला धमाधम मुस्ताङ, लमजुङ, कास्कीका विभिन्न ठाँउमा एक्सनकट चलिरहेको छ । निर्देशक एभरेष्ट सुर्य बोहराले दिएको जानकारी अनुसार सुटिङ सेटमा एकदमै राम्रो काम भैरहेको छ । र, जाडो महिना भएकोले टिमका केहि सदस्य बिरामी भए पनि काम नरोकिएर भैरहेको छ । त्यसैले सिनेमाको छायाँकन छिट्टै सकिने आशा व्यक्त गरे ।

दयाहाङ राई, सुरक्षा पन्त, बर्षा शिवाकोटी, बुद्धि तामाङ, विक्रान्त बस्नेत, जान्वी बोहरा, जयानन्द लामा लगायतका कलाकारले सिनेमामा अभिनय गरेका छन । सिनेमाको छायाँकन चल्दै गर्दा निर्माण टिमले द सिनेमा टाइम्सलाई केहि एक्सक्लुसिभ्ली तस्विरहरु उपलव्ध गराएको छ । जुन, तस्विरहरु हेरेर ‘भैरे’को यथास्थिति बारे कल्पना गर्न सकिन्छ ।

बसन्त सापकोटा, अर्जुन पोखरेल र यम बरालको संगीत रहने सिनेमाका निर्माता प्रेम प्रसाद पौडेल हुन् । सिनेमाको  कार्यकारी निर्माता देवि माया अधिकारी हुन्, भने यम बराल, लेख बहादुर गुरुङ् (डेनिम) र रघु पुरी सह-निर्माता रहेका छन् । ४० दिने सेड्युल रहेको सिनेमालाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् ।