‘एक दो तिन’ रिमेक, प्याकवाली ज्याक्लिनको डान्स !

‘एक दो तिन’ रिमेक, प्याकवाली ज्याक्लिनको डान्स !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – सन् १९८८ को हिट गीत ‘एक दो तीन…’को फिमेल भर्सनको रिमेक सार्वजनिक भएको छ । सिनेमा ‘बाघी २’मा सामावेश गीतमा ज्याक्लिन फर्नान्डिजले आइटम पस्केकी छन् । ज्याक्लिन गीतमा नयाँ अवतारमा प्रस्तुत छिन् । ठुमका लगाउँदा उनको पेटमा प्याक, सुगंठिलो पाखुरा देख्न सकिन्छ ।

३० वर्ष पहिले सिनेमा ‘तेजाब’मा समावेश गीतमा ‘डान्स क्विन’ माधुरी दिक्षितले गज्जबको नृत्य गरेकी थिइन् । जुन गीतको लोकप्रियता अहिले पनि कायमै छ । अल्का याग्निकले ओर्जिनल गीतमा स्वर दिएकी थिइन् । जुन गीतले उनलाई अवार्ड पनि दिलायो । रिमेकमा भने श्रेया घोशालले स्वर दिएकी छन् ।

ओर्जिनल गीतमा जावेद अख्तरको शब्द, लक्ष्मीनाथ प्यारेलालको संगीत रहेको थियो । भने, रिमेकमा संगीत सन्दीप शिरोड़करको छ ।

अहमद खान निर्देशित ‘बाघी २’मा टाइगर श्रोफ, दिशा पटानी, मनोज बाजपाई, रणदीप हूडाको मुख्य भूमिका छ । यस एक्सन ड्रामाले ३० मार्चलाई आफ्नो रिलिज मिति तय गरेको छ ।