स्व. दीपक रायमाझी निर्देशित ‘डेस्टिनेशन काठमाडौँ’ चैत २ मा

स्व. दीपक रायमाझी निर्देशित ‘डेस्टिनेशन काठमाडौँ’ चैत २ मा

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – स्व. निर्देशक दीपक रायमाझीको ‘ड्रिम प्रोजेक्ट’ सिनेमा ‘डेस्टिनेशन काठमाडौँ’ अब प्रदर्शनको लागि तयार भएको छ । जनकपुर मिडिया हाउसको व्यानरमा निर्मित सिनेमाको रिलिज डेट चैत २ तोकिएको छ ।

विदेशीलाई नेपालप्रति आकर्षित गराउदै देशको पर्यटन क्षेत्रको विकासमा सहयोग पुर्याउनुका साथै देशको राजनीति परिवेशले पारेको प्रभावको विषयमा केन्द्रित सिनेमालाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्ने लक्ष्य निर्देशक रायमाझीको थियो । तर, उनको असामयिक निधनका कारण विचमै सिनेमा निर्माण रोकिन पुग्यो । रायमाझीको निधन पछी ‘डेस्टिनेशन काठमाडौँ’ मदुसुदन भट्टराईको कार्यकारी निर्देशनमा पुरा भएको हो ।

निर्माण पुरा भई विदेशका बिभिन्न स्थानहरुमा प्रदर्शन भैसकेको सिनेमामा दीलिप रायमाझी, झरना थापा, सहारा मावबे, केशब भट्टराई, बिक्रम मल्ल ठकुरी, रवी गिरी, विकाश चापागाई, नरेन्द्र थापा, रामचन्द्र अधिकारी, रश्मि भट्ट, रोशनी सापकोटाका साथै बालकलाकार सृजेश अधिकारी, सत्यम अधिकारी र युनिषा लामिछाने प्रमुख भूमिकामा रहेका छन् ।

१ करोड बढी बजेटमा शरद अधिकारीले निर्माण गरेको सिनेमामा राजु थापा/सौरभ लामाको छायाँकन, निखिल विश्वास/रमेश खड्का र राजन तिमिल्सिनाको संगीत छ ।